
दिल्ली। टाटा मोटर्स इन्डियाले उत्पादनका लागि तयार ३ वटा नयाँ इलेक्ट्रिक कारलाई प्रदर्शनीमा राखेको छ। शुक्रबार नयाँ दिल्लीको भारत मन्डपमा सुरु भएको सवारी मेला भारत मोबिलिटी अटो एक्स्पोमा टाटाले अब नयाँ डिजाइनमा गाडीहरु के ल्याउन लागिएको छ भन्ने सार्वजनिक गरेको हो।
कम्पनीले ह्यारियर, कर्भ र अभिन्या इभी शोकेस गरिएको छ भने सिएरा भने पेट्रोल भर्सन सोकेस गरेको हो। यसको इभी भर्सन भने अर्को वर्ष आउने जनाइएको छ।

ह्यारियर इभीमा डुअल मोटर्स अल ह्वील ड्राइभमा उपलब्ध हुनेछ। अहिले टाटाले भारतमा सबैभन्दा धेरै इभी बिक्री गर्छ। अहिले टाटासँग भएका इभीमा सिंगल मोटर मात्रै उपलब्ध हुने गरेका छन्। जसमा अल ह्वील ड्राइभ हुनेछन्।
ह्यारियर इभीको उत्पादन केही समय पछि मात्रै सुरु हुनेछ। अघिल्लो वर्ष पनि उक्त गाडीको कन्सेप्ट देखाइएको थियो। यो पटक भने उत्पादनमा जान तयारीमा रहेको कम्पनीले जनाएको छ।

ह्यारियर इभी पन्च इभी र कर्भ इभीको उत्पादन एउटै मोडुलर इभी आर्टिट्याक्चरमा उत्पादन हुनेछ। ह्यारियर इभीले महिन्द्राको एक्सईभी ७ई सँग प्रतिस्पर्धा गर्ने अपेक्षा गरिएको छ। यस्तै अभिन्याको पनि अवधारणा पनि देखाइएको छ। सिएराको पेट्रोल भर्सन पनि छिट्टै बिक्रीमा जाने कम्पनीले जनाएको छ।
