
काठमाडौं। सेयर बजारमा सूचीकृतमध्ये जम्मा ३० प्रतिशत कम्पनीले मात्र सेयरधनीलाई सम्झिएका छन्।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा २६८ कम्पनी सूचीकृत रहेकामा पोहोरको मुनाफाबाट अहिलेसम्म जम्मा ८० कम्पनीले मात्र सेयरधनीलाई लाभांश घोषणा गरेका हुन्।
लाभांश घोषणा गरेका धेरैजसो कम्पनीले साधारण सभाबाट स्वीकृत गराएर सेयरधनीलाई वितरण गरिसकेका छन् भने केही कम्पनी साधारण सभाबाट अनुमोदन गराउने क्रममा छन्।
पोहोरको मुनाफाबाट सेयरधनीलाई लाभांश दिनेमा वाणिज्य बैंकतर्फ ११ वटा छन्। तीमध्ये ५ बैंकले मात्र दोहोरो अंकमा लाभांश दिन सके। ६ बैंकको लाभांश निकै न्यून छ।
आर्थिक शिथिलताले व्यवसाय नबढ्दा बैंकहरुको लाभांश क्षमता खुम्चिएको हो। पछिल्ला केही वर्षयता बैंकहरुको प्रतिफल दर निरन्तर ओरालो लागिरहेको छ।
नेप्सेमा सूचीकृत वाणिज्य बैंकको संख्या १९ रहेकामा ८ वटाले पोहोरको मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण गरेनन्। खराब कर्जा उच्च अंकले वृद्धि भइ वितरणयोग्य मुनाफा ऋणात्मक हुँदा बैंकहरुले सेयरधनीलाई निराश तुल्याएका हुन्।
केही बैंकहरुको पुँजीकोष दबाबका कारण मुनाफा वितरणमा धक्का लागेको हो। कर्जा लगानी र असुलीमा देखिएको समस्याका कारण बैंकहरुलाई अर्को वर्ष पनि प्रतिफल वितरणमा दबाब पर्ने देखिन्छ।
उत्पादन तथा प्रशोधन क्षेत्रका ६ र होटल तथा पर्यटन क्षेत्रका ३ कम्पनीले लगानीकर्तालाई सम्झिएका छन्।
लगानीकर्ताको हात रित्तो नपार्नेमा ५ वटा इन्भेष्टमेन्ट कम्पनी, ३ वटा लाइफ इन्स्योरेन्स, ८ वटा विकास बैंक, ३ वटा फाइनान्स कम्पनी, १९ वटा माइक्रोफाइनान्स, २० वटा हाइड्रोपावर र अन्य समूहका १ कम्पनी छन्। धेरैजसोले नगदको साटो बोनस सेयर बाँडेका छन्।
सेयरधनीलाई सबैभन्दा धेरै खुशी तुल्याउनेमा युनिलिभर नेपाल छ। यो कम्पनीका सेयरधनीले १७१४ प्रतिशत नगद लाभांश पाएका छन्। यस्तै धेरै लाभांश दिने कम्पनीको दोस्रोमा नम्बरमा सोल्टी होटल छ। सोल्टीले ३६.८४ प्रतिशत लाभांश दिएको छ।
नेप्सेका सबैभन्दा धेरै सूचीकृत कम्पनीमा हाइड्रोपावर छन्। ९१ हाइड्रोपावर सूचीकृत रहेकामा अधिकांशले सेयरधनीलाई लामो समयदेखि प्रतिफल दिन सकेका छैनन्।
अर्थतन्त्रमा तीन वर्षदेखि कायम शिथिलताका कारण उत्पादन तथा प्रशोधन क्षेत्रकै कम्पनीको व्यवसायमा ठूलो गिरावट आएको छ। लगातार घट्दो बिजनेसले नाफा आर्जन गर्न नसक्दा कम्पनीहरुले लगानीकर्तालाई प्रतिफल वितरण गर्न सकिरहेका छैनन्।
८० मध्ये ३४ कम्पनीले एकल अंकमा मात्र प्रतिफल दिन सके। दोहोरो अंकमा प्रतिफल घोषणा गरेकामध्ये १५ वटा लघुवित्त हुन्।
आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट कुन कम्पनीका सेयरधनीलाई कति लाभांश?
कम्पनी | लाभांश प्रतिशत |
नबिल बैंक | १० |
स्ट्यान्डर्ड चार्टर्ड बैंक | २५.५ |
नेपाल एसबिआई बैंक | १०.६५ |
एभरेष्ट बैंक | १५.५३ |
लक्ष्मी सनराइज बैंक | ५.२६ |
सिद्धार्थ बैंक | ४ |
सानिमा बैंक | ५.२६ |
ग्लोबल आइएमई बैंक | ५.५ |
सिटिजन्स बैंक | ४.२१ |
प्राइम कमर्सियल बैंक | ५ |
कृषि विकास बैंक | १०.५३ |
नेपाल ल्युब आयल | २५ |
बोटलर्स नेपाल तराई | ५० |
युनिलिभर नेपाल | १७१४ |
हिमालयन डिष्टिलरी | २० |
शिवम् सिमेन्ट | ९ |
सर्वोत्तम सिमेन्ट | १० |
सोल्टी होटल | ३६.८४ |
तारागाउँ होटल रिजेन्सी | ११ |
ओरियन्टल होटल्स | ५.२६ |
नेपाल दूरसञ्चार कम्पनी | ३० |
नागरिक लगानी कोष | १३ |
हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी | ५.२५ |
एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट | ५.२६ |
सीइडीबी होल्डिङ्स | ११ |
हाथवे इन्भेष्टमेन्ट | १०.५२ |
सूर्यज्योति लाइफ इन्स्योरेन्स | २० |
सानिमा रिलायन्स लाइफ | १८.३८ |
लुम्बिनी विकास बैंक | ७ |
मितेरी विकास बैंक | १० |
महालक्ष्मी विकास बैंक | ७ |
गरिमा विकास बैंक | ५ |
कामना सेवा विकास बैंक | १२ |
सांग्रिला डेभलपमेन्ट बैंक | ३.८४ |
साइन रेसुङ्गा डेभलपमेन्ट बैंक | ८ |
ग्रीन डेभलपमेन्ट बैंक | ६.०५ |
श्री इन्भेष्टमेन्ट फाइनान्स | १.९६ |
आईसीएफसी फाइनान्स | ५.२६ |
मञ्जुश्री फाइनान्स | ६.३५ |
छिमेक लघुवित्त | १५ |
डिप्रोक्स लघुवित्त | १० |
स्वावलम्बन लघुवित्त | १५ |
फर्स्ट माइक्रोफाइनान्स | ९.४७ |
साना किसान लघुवित्त | १४ |
कालिका लघुवित्त | १० |
मिथिला लघुवित्त | १५ |
सूर्योदय वोमी लघुवित्त | ६.९६ |
मेरो माइक्रोफाइनान्स | ७.८९ |
नेसनल लघुवित्त | १५ |
आरएसडीसी लघुवित्त | १० |
फरवार्ड माइक्रोफाइनान्स | १४ |
सपोर्ट माइक्रोफाइनान्स | १४.५ |
आशा लघुवित्त | १५ |
गुराँस लघुवित्त | १५ |
जीवन विकास लघुवित्त | १४.७३ |
नेस्डो समृद्ध लघुवित्त | १५ |
समता घरेलु लघुवित्त | ५.२६ |
आत्मनिर्भर लघुवित्त | १५ |
बुटवल पावर कम्पनी | ५ |
चिलिमे हाइड्रोपावर | १२ |
अरुण भ्याली डेभलपमेन्ट कम्पनी | ३.१५ |
सानिमा माई हाइड्रोपावर | १०.५२ |
अपी पावर | ५.२६ |
नेपाल हाइड्रो डेभलपर्स | ८.४२ |
राधी विद्युत कम्पनी | ५ |
कालिका पावर कम्पनी | ७.३६ |
माउन्टेन इनर्जी नेपाल | १५.७८ |
युनाइटेड आइडीआई मार्दी आरबी हाइड्रोपावर | ४.२२१ |
रुरु जलविद्युत परियोजना | १५.७८ |
साहस ऊर्जा | ८.४२ |
ग्रिन भेन्चर्स | १०.५२ |
विन्ध्यवासिनी हाइड्रोपावर | ८ |
मन्दाकिनी हाइड्रोपावर | ५.२६ |
सुपर मादी हाइड्रोपावर | ५.२६ |
सुपर माई हाइड्रोपावर | १२.६३ |
कुथेली बुखरी स्मल हाइड्रोपावर | १०.५२ |
माण्डू हाइड्रोपावर | १२ |
भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी | १४.७३ |
साल्ट ट्रेडिङ कर्पोरेसन | १० |
नेपाल लाइफ इन्स्योरेन्स | २१.०५ |