विश्वकप अघि अभ्यास खेल: नेपाली यू-१९ टोली वेस्ट इण्डिजसँग पराजित

बिजमाण्डू
२०८१ पुष २९ गते १८:१६ | Jan 13, 2025
विश्वकप अघि अभ्यास खेल: नेपाली यू-१९ टोली वेस्ट इण्डिजसँग पराजित

काठमाडौं। नेपाली यू-१९ महिला क्रिकेट टोली वेस्ट इण्डिजसँग पराजित भएको छ। विश्वकपका लागि मलेसिया पुगेको नेपाल टोली ‘वार्म अफ म्याच’मा वेस्ट इण्डिजसँग ९ रनले पराजित भएको हो।

Tata
GBIME

वेस्ट इण्डिजले टस जितेर ब्याटिङमा उत्रिँदै निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १०९ रन बनाएको थियो। वेस्ट इण्डिजका समरा रामनथले सर्वाधिक २५ रन बनाउँदा असबी कालेनरले २३ रन बनाउँदा जहजारा क्लक्सटोनले अविजित २२ रन बनाइन्। बलिङतर्फ रचना चौधरी र सीमा केसीले समान १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको वेस्ट इण्डिज १९.१ ओभरमा अलआउट हुँदै १०० रनले समेटियो। नेपालका लागि सीमाना केसीले सर्वाधिक २३ रन बनाउँदा कप्तान पूजा महतो र किरण कुँवरले समान १८ रन बनाए। नेपालले दोस्रो वार्मअफ खेलमा अमेरिकाविरुद्ध खेल्नेछ। यो खेल माघ २ गते हुनेछ।

विश्वकपमा पहिलो खेल भने माघ ५ गते बंगलादेशविरुद्ध खेल्नेछ। यो खेल दिउँसो सवा १२ बजे सुरु हुनेछ।

विश्वकपमा नेपालको दोस्रो प्रतिस्पर्धी हुनेछ स्कटल्याण्ड। यो खेल माघ ७ गते हुनेछ। यो खेल पनि सोही समयमा सुरु हुनेछ।

तेस्रो खेलमा नेपाल र अस्ट्रेलिया भिड्नेछन्। यो खेल ९ गते दिउँसो सवा १२ बजे सुरु हुनेछ।  

यो विश्वकपमा १६ वटा टोलीलाई चार वटा समूहमा विभाजन गरिएको छ। १६ दिनको समयमा ४१ वटा खेल हुनेछन्।

समूह ‘ए’ मा भारत आयोजक मलेसियासहित श्रीलंका र वेस्ट इण्डिज छन्। समूह ‘बी’ मा इङ्ग्ल्याण्ड, आयरल्याण्ड, पाकिस्तान र अमेरिका छन्। समूह ‘सी’ मा न्युजिल्याण्ड, दक्षिण अफ्रिका, सामोआ र नाइजेरिया छन्। समूह ‘डी’ मा अस्ट्रेलिया, बंगलादेश, नेपाल र स्कटल्याण्ड छन्।

नेपाली टोली

पूजा महतो (कप्तान), सोनी पाख्रिन (उपकप्तान), सना प्रवीण, ज्योत्स्निका मरासिनी, कुशुम गोदार, अलिसाकुमारी यादव, सावित्री धामी, कृष्णा गुरुङ, तिर्सना विक, किरणकुमारी कुँवर, रिया शर्मा, सीमाना केसी, रचनाकुमारी चौधरी, स्नेहा महरा, अनु कडायत