पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्धको मुद्दामा थुनछेक बहस सुरु, सरकारी वकिलले बहस गर्दै

बिजमाण्डू
२०८१ पुष २९ गते १२:३८ | Jan 13, 2025
पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्धको मुद्दामा थुनछेक बहस सुरु, सरकारी वकिलले बहस गर्दै


काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध परेको मुद्दामा थुनछेक बहस सुरु भएको छ।

Tata
GBIME
NLIC

जिल्ला अदालत काठमाडौंमा न्यायाधीश माधव अधिकारीको इजलासमा बहस सुरु भएको हो। सरकारी वकिलका तर्फबाट बहस भइरहेको छ। त्यसपछि जाहेरीकर्ता र रवि लामिछानेका वकिलका तर्फबाट बहस हुने छ।

आइतबार बिहान जिल्ला अदालतमा हाजिर भएका लामिछानेको बयान गरिएको थियो। बहस सुरु नभएको भन्दै न्यायाधीशले आइतबार न्यायिक हिरासतमा राख्न आदेश दिएका थिए। बहस सकिएपछि मात्र न्यायाधीशले आदेश गर्नेछन्।

लामिछानेविरुद्ध स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन गरेको अभियोगमा मुद्दा दायर भएको थियो। जसमा दुई जना प्रतिवादीलाई भने धरौटीमा रिहा गरिएको छ।

गत बिहीबार लामिछानेलाई जिल्ला अदालत कास्कीले भने ६५ लाख धरौटीमा रिहा गरेको थियो।