हुन्डाईले वीरगंजको मेनरोडमा बनायो अढाई करोडको शोरुम, थ्रिएस सेवा एकै थलोमा उपलब्ध



बिजमाण्डू
२०७५ असोज ३ गते १३:०७ | Sep 19, 2018
हुन्डाईले वीरगंजको मेनरोडमा बनायो अढाई करोडको शोरुम, थ्रिएस सेवा एकै थलोमा उपलब्ध

वीरगंज। हुन्डाईका गाडीहरुको बिक्री वितरण तथा सर्भिसिङ सेवा दिन वीरगंजमा नयाँ शोरुम सञ्चालनमा ल्याउन लागिएको छ। सिसैसिसाको आकर्षक शोरुम अबको १५ दिनमै सञ्चालनमा ल्याउने तयारी छ।

Tata
GBIME
Nepal Life

ग्राहको ध्यान तान्न र व्यवसाय प्रवर्द्धन गर्न कम्पनीले वीरगंज–११ श्रीपुरस्थित मेन रोडमै शोरुम निर्माण गरेको हो। २ करोड ५० लाख रुपैयाँभन्दा बढिको लागतमा वीरगंजको बिक्रेता अर्किड्स मोटोकर्प प्रालिले नयाँ शोरुम सञ्चालनमा ल्याउन लागेको प्रोजेक्ट म्यानेजर (ईन्जिनियर) आशिष दाहालले बताए।

साढे ३ कठ्ठा जग्गामा निर्माण गरिएको शोरुममा सर्लाही मलगंवाका व्यवसायी एवं अर्किड्स मोटोकर्प प्रालिका सञ्चालक मुकेश साहको लगानी छ। निर्माण कार्यको फिनिसिङ्को काम भइरहको र अबको केही दिनमै शोरुम शुरु गरिने तयारी रहेको दाहालले बताए। 

ग्राहकले एकै थलोमा 'थ्री एस' को सेवा पाउने उनले दावी गरे। शोरुम, सर्भिस सेन्टर र स्पेयर पार्टस उपलब्ध हुने छ। कार  धुने वासवे पनि छ। वीरगंज नाकाबाट नेपाल भित्रेका हुन्डाईको गाडी परिक्षणको लागि पनि पिडिआइ (कारको अवस्था परिक्षण गर्ने) शाखाका साथै ग्राहकवर्गको सुविधाको लागि कस्टमर लन्ज र उचित पार्किङको व्यवस्था मिलाइएको छ।

यसअघि वीरगंजमा हुन्डाईको शेरुम आदर्शनगरमा थियो। ह्युन्डाईको नेपालका लागि आधिकारिक विक्रेता लक्षमी इन्टरकन्टिनेन्टल हो।