
काठमाडौं। भारतीय अटो बजारमा पहिलो पटक मारुती सुजुकीको लिगेसीमा ब्रेक लागेको छ। ४० वर्षदेखि भारतमा पहिलो नम्बरमा रहेको मारुती सुजुकीलाई टाटा मोटर्सले उछिनेको छ।
टाटा मोटर्स सन् २०२४ मा २ लाखभन्दा धेरै पन्च गाडी बिक्री गरेर भारतको नम्बर १ कार मेकर कम्पनी बनेको छ। मारुती सुजुकीले वागन आर १ लाख ९१ हजार मात्रै उत्पादन गर्न सकेको छ।
भारतमा टाटा पन्च २ लाख २ हजार ३० युनिट, मारुती सुजुकी वागन आर १ लाख ९० हजार ८५५ युनिट, मारुती इर्टिगा १ लाख ९० हजार ९१ युनिट, मारुती ब्रेजा १ लाख ८८ हजार १६० युनिट, हुन्डाई क्रेटा १ लाख ८६ हजार ९१९ युनिट बिक्री भएका छन्।

कोभिड अगाडि सन् २०१८ मा भारतमा ३३ लाख ४९ हजार युनिट कार बिक्री भएको थियो। त्यसमा ५२ प्रतिशत हिस्सा मारुती एक्लैको थियो। टप ५ वटा कार मोडल सबै मारुतीका थिए।
तर २०२४ मा आइपुग्दा कार बिक्री बढेर ४२ लाख ८६ हजार युनिट पुग्दा मारुतीको बजार हिस्सा ४१ प्रतिशतमा झरेको छ।

भारतमा एकैवर्ष सबैभन्दा धेरै बिक्री भएको कारको रेकर्ड मारुती अल्टोको नाममा छ। यो कार सन् २०११ मा ३ लाख ११ हजार ३६७ युनिट बिक्री भएको थियो।
सन् २०१८ पछि बीएस फोरबाट बीएस ६ मा अनिवार्य लगायत नियमका कारण भारतीय अटोबजार द्रुत रूपमा परिवर्तन हुँदा सबैभन्दा धेरै विक्री हुने कारमा टाटाको पन्चले मारुती सुजुकीको वागन आरलाई पछि पारेको हो।