नयाँ वर्षको पहिलो दिन सुनको मूल्यमा बढोत्तरी, तोलामा १ हजार ४०० रुपैयाँ बढ्यो



बिजमाण्डू
२०८१ पुष १७ गते ११:४४ | Jan 1, 2025
नयाँ वर्षको पहिलो दिन सुनको मूल्यमा बढोत्तरी, तोलामा १ हजार ४०० रुपैयाँ बढ्यो

काठमाडौं। सन् २०२५ को पहिलो दिन अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य मंहिएको छ। मंगलबार प्रतिऔंस २६०७.०८ डलर रहेको सुनको मूल्य बुधबार बढेर प्रतिऔंस २६२४.४९ डलर पुगेको हो।

Tata
GBIME
Nepal Life

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्दा त्यसको असर नेपालमा पनि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा एक लाख ५१ हजार रुपैयाँ निर्धारण भएको छ।अघिल्लो दिनको भन्दा सुन तोलामा १ हजार ४०० रुपैयाँले बढेको हो।

मंगलबार सुन तोलामा एह जार रुपैयाँ घटेर प्रतितोला एक लाख ४९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य भने बुधबार स्थिर छ। मंगलबार चाँदी तोलामा २५ रुपैयाँले घटेर प्रतितोला एक हजार ७६५ रुपैयाँ भएको थियो।