
काठमाडौं। स्रोत नखुलेको रकमसहित काठमाडौंबाट चार जना पक्राउ परेका छन्। काठमाडौं महानगरपालिका-९ सिनामंगल शम्भुमार्गस्थित सडकबाट स्रोत नखुलेको ६८ लाख रूपैयाँसहित ४ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३२ दोभानपुल बस्ने ४६ वर्षीय राज कुमार माली, सोही महानगरपालिका-१० नयाँ बानेश्वर बस्ने १८ वर्षीय किशोर, सोही महानगरपालिका-७ शान्तिगोरेटो बस्ने झापा अर्जुनधारा नगरपालिका-७ घर भएका ३२ वर्षीय प्रवेश कुमार पौडेल र झापाको बिर्तामोड नगरपालिका-५ घर भएका २७ वर्षीय युवराज सुवेदी रहेका छन्।
प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले प्रदेश ३-०१-०२२ च १९७२ नम्बरको कारमा सवार उनीहरूलाई नगदसहित फेला पारी पक्राउ गरेको हो।