
काठमाडौं। स्टक ब्रोकर्स एसोसिएन अफ नेपालकाे अध्यक्षमा सागर ढकाल निर्वाचित भएका छन्। शुक्रबार भएको ३०औं वार्षिक साधारण सभाबाट ढकाल अध्यक्ष निर्वाचित भएका हुन्।
ढकालले राजकुमार तिमिल्सिनालाई पराजित गरे। ढकालले ४५ र तिमिल्सिनाले ४३ मत पाएको निर्वाचन समितिले जनाएको छ।
उपाध्यक्षमा नितेश अग्रवाल, महासचिवमा भक्तिराम घिमिरे, काेषाध्यक्षमा मदन पाैडेल र सचिवमा विनय रेग्मी निर्वाचित भएका छन्। उपाध्यक्ष, महासचिव र कोषाध्यक्ष पनि ढकालकै प्यानलका हुन्। उनको प्यानलबाट सचिवमा प्रतिस्पर्धा गरेका कृष्ण गिरी भने पराजित भएका छन्।

कार्यसमिति सदस्यमा विशालकुमार अग्रवाल, जेलिना कँडेल, जयन्त श्रीवास्तव र प्रियन्सु अग्रवाल निर्वाचित भएका छन्।