BIZMANDU
www.bizmandu.com

स्टक ब्रोकर्स एसोसिएन अफ नेपालकाे अध्यक्षमा ढकाल निर्वाचित, कार्यसमितिमा को-को?

२०८१ मंसिर २१

स्टक ब्रोकर्स एसोसिएन अफ नेपालकाे अध्यक्षमा ढकाल निर्वाचित, कार्यसमितिमा को-को?
स्टक ब्रोकर्स एसोसिएन अफ नेपालकाे अध्यक्षमा ढकाल निर्वाचित, कार्यसमितिमा को-को?


काठमाडौं। स्टक ब्रोकर्स एसोसिएन अफ नेपालकाे अध्यक्षमा सागर ढकाल निर्वाचित भएका छन्। शुक्रबार भएको ३०औं वार्षिक साधारण सभाबाट ढकाल अध्यक्ष निर्वाचित भएका हुन्।

Tata
GBIME
NLIC

ढकालले राजकुमार तिमिल्सिनालाई पराजित गरे। ढकालले ४५ र तिमिल्सिनाले ४३ मत पाएको निर्वाचन समितिले जनाएको छ।

उपाध्यक्षमा नितेश अग्रवाल, महासचिवमा भक्तिराम घिमिरे, काेषाध्यक्षमा मदन पाैडेल र सचिवमा विनय रेग्मी निर्वाचित भएका छन्। उपाध्यक्ष, महासचिव र कोषाध्यक्ष पनि ढकालकै प्यानलका हुन्। उनको प्यानलबाट सचिवमा प्रतिस्पर्धा गरेका कृष्ण गिरी भने पराजित भएका छन्।

कार्यसमिति सदस्यमा विशालकुमार अग्रवाल, जेलिना कँडेल, जयन्त श्रीवास्तव र प्रियन्सु अग्रवाल निर्वाचित भएका छन्।