सूर्यज्योति लाइफले गर्‍यो लाभांश घोषणा, लगानीकर्ताले १ अर्ब २३ लाख रुपैयाँ प्रतिफल पाउने

बिजमाण्डू
२०८१ मंसिर १४ गते ११:३२ | Nov 29, 2024
सूर्यज्योति लाइफले गर्‍यो लाभांश घोषणा, लगानीकर्ताले १ अर्ब २३ लाख रुपैयाँ प्रतिफल पाउने

काठमाडौं। सूर्यज्योति लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ। कम्पनीले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सेयरधनीलाई नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

Tata
GBIME

इन्स्योरेन्सको शुक्रबार बसेको सञ्चालक समिति बैठकले करसहित चुक्ता पुँजीको २० प्रतिशतले हुन आउने १ अर्ब २३ लाख ८९ हजार रुपैयाँ लाभांश घोषणा गरेको छ।

कम्पनीको चुक्ता पुँजी हाल ५ अर्ब १ करोड १९ लाख रुपैयाँ छ। नेपाल बीमा प्राधिकरणले स्वीकृत गरी इन्स्योरेन्सको साधारण सभाबाट पारित भएपछि सेयरधनीले प्रतिफल पाउनेछन्।

इन्स्योरेन्सले सेयरधनीलाई पोहोर २४.७४ प्रतिशत नगद र १०.२६ प्रतिशत बोनस सेयर वितरण गरेको थियो।