
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा पवन कुमार खड्का नियुक्त भएका छन्।
बिहीबार बसेको कम्पनीको सञ्चालक समिति बैठकले खड्कालाई सीइओ नियुक्त गर्ने निर्णय गरेको हो। खड्काको कार्यकाल ४ वर्षको हुनेछ।
खड्का यसअघि सूर्यज्योति लाइफमा सिनियर डेपुटी सीइओमा कार्यरत थिए। गत भदौमा ४ वर्षे कार्यकाल पूरा गरेर कवि फुँयाल बाहिरिएपछि आइएमई लाइफमा सीइओ पद रिक्त थियो।
त्यसयता कम्पनीको कामु सीइओको जिम्मेवारी डेुपटी सीइओ दिनेशबहादुर अमात्यले सम्हालेका थिए।