काठमाडौं। सरकारले शेयर बजार कारोबारको करमा थप कडाइ गरेको छ। अर्थमन्त्री डा. युवराज खतिवडाले मंगलबार संसदमा आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गर्दै शेयर कारोबारमा लाग्ने पूँजीगत लाभ कर बढाउने निर्णय गरेका हुन्।
अहिले ब्यक्तिलाई पाँच र संस्थालाई १० प्रतिशत पूँजीगत लाभ कर लाग्दै आएको छ। आगामी आर्थिक वर्षदेखि लागू हुने यो निर्णय अनुसार अब ब्यक्तिको हकमा साढे सात प्रतिशत लाभकर पुर्याइएको छ। संस्थाको चलाइएको छैन।
ब्रोकर कमिसनमा लाग्ने मूल्य अभिबृद्धि कर खारेज गरिएको छ।










