नेपाल टेलिकमका कर्पोरेट ग्राहकले ४ वटाभन्दा बढी सेट-टप बक्स लिन पाउने, कति पर्छ?

बिजमाण्डू
२०८१ कात्तिक २१ गते १६:४९ | Nov 6, 2024
नेपाल टेलिकमका कर्पोरेट ग्राहकले ४ वटाभन्दा बढी सेट-टप बक्स लिन पाउने, कति पर्छ?

काठमाडौं। नेपाल टेलिकमले कर्पोरेट ग्राहकलाई लक्षित गर्दै मल्टिपल टिभी जडानको व्यवस्था गरेको छ।

Tata
GBIME

अब टेलिकमका कर्पोरेट ग्राहकहरुले चार वटा वा सोभन्दा बढी टिभीका लागि सहुलियत दरमा बेसिक तथा प्रिमियम प्याकेज खरिद गर्न सक्ने छन्।

४ देखि १० वटा टिभी जडान गर्ने ग्राहकहरुले प्रति सेट-टप बक्स २ हजार ९ सय ३८ रुपैयाँमा १ वर्ष वारेन्टीसहित खरिद गर्न सक्ने टेलिकमले जनाएको छ।

यस्तै, ११ वटाभन्दा बढी टिभी जडान गर्ने ग्राहकहरुले प्रति सेट-टप बक्स २ हजार ८ सय २५ रुपैयाँमा १ वर्ष वारेन्टीसहित खरिद गर्न सक्ने छन्।