भृकुटीमण्डपमा तिहार फ्लोरा एक्स्पो, देशभरका नर्सरी व्यवसायीको उत्पादन प्रदर्शनीमा

रोजन श्रेष्ठ
२०८१ कात्तिक १२ गते ११:४० | Oct 28, 2024
भृकुटीमण्डपमा तिहार फ्लोरा एक्स्पो, देशभरका नर्सरी व्यवसायीको उत्पादन प्रदर्शनीमा

काठमाडौं। काठमाडौंको भृकुटीमण्डपमा तिहार फ्लोरा एक्स्पो-२०८१ भइरहेको छ। कात्तिक ९ गते सुरु भएको एक्स्पो १३ गतेसम्म चल्नेछ।

Tata
GBIME

नर्सरी व्यवसायी संघ नेपालले उक्त एक्स्पोको आयोजना गरेको हो। एक्स्पोमा देशभरका नर्सरी व्यवसायीहरूले स्टल राखेका छन्।

सम्पूर्ण नर्सरी क्षेत्रका विज्ञ तथा प्राविधिकहरूसँग एक्स्पोमा प्रत्यक्ष भेटेर सल्लाह सुझाव लिन सकिने आयोजकले जनाएको छ। एक्स्पोमा पुष्प नर्सरी, कृषि, वन तथा जडीबुटी नर्सरी, फलफूल नर्सरीको व्यावसायिक उत्पादनको प्रदर्शनी तथा बिक्री भइरहेको छ।

नर्सरी व्यवसायीसम्बन्धी सघन जानकारी यहाँ लिन सकिन्छ। एक्स्पोले नव उद्यमी, अध्ययन तथा अनुसन्धानकर्ताका लागि वृहत साझा मन्चको काम गरेको संघको दाबी छ।

एक्स्पोमा फूलका साथै घर आँगन तथा बगैँचा सजावटका लागि आवश्यक सबै सामग्री पनि पाइन्छ।