मंगलबार कत्थक र चर्याको संगम, मञ्चन हुँदै ‘च चा: बीज-ए स्केर्ड डान्स’

बिजमाण्डू
२०८१ कात्तिक १० गते ०८:१० | Oct 26, 2024
मंगलबार कत्थक र चर्याको संगम, मञ्चन हुँदै ‘च चा: बीज-ए स्केर्ड डान्स’


काठमाडौं । मंगलबार ललितपुरको पुल्चोकमा अवस्थित अक्षेश्वर महाविहारमा ‘च चा: बीज – ए स्केर्ड डान्स’ प्रस्तुत हुने भएको छ।

Tata
GBIME
NLIC

भारतमा बसेर कत्थकलाई विश्वर चिनाउँदै आएकी लिना मालाकारसहितको टोलीले यो कार्यक्रम गर्न लागेको हो।

मालाकर भारतको कथिक कल्चरल सोसाइटीकी संस्थापक हुन्। सो संस्थाकी आर्टिस्टिक डाइरेकटरसमेत रहेकी उनले भारत र विदेशमा धेरै नृत्य उत्सवहरूमा धेरै प्रस्तुति दिएकी छिन्। च चा: बीज भने पहिलोपटक नेपालमा मञ्चन हुन गइरहेको हो।

‘मंगलबार हुने प्रस्तुती भारतमा प्रमियर भइसकेको हो। अन्य क्षेत्र र कलेजहरुमा पनि भइसकेको छ। अब नेपालमा मञ्चन हुँदैछ,’ लिनाले भनिन्।

उनी योग प्रशिक्षक समेत हुन्। केही समय अघि मात्रै उनीहरुको संस्थाले पोखरामा अन्तर्राष्ट्रिय योग शिविर संचालन गरेको थियो। अहिले भने पुल्चोकमा रहेको महाविहारमा कत्थक नृत्यको लागि तयारी भइरहेको लिनाले बताइन्।

‘बीज’ संस्थाबाट संचालन हुने यो कार्यक्रममा नेपालमा चर्या नृत्यका लागि प्रसिद्ध प्रज्वल आर बज्राचार्यको पनि प्रस्तुती हुनेछ। नृत्य मञ्चनमा लिनाका साथ क्रिपा बज्राचार्य र नम्रता केसी पनि हुनेछन्।

मंगलबारको कार्यक्रमले युवासँगै कत्थक नृत्यमा चाख राख्नेका लागि रहेको लिना बताउँछिन्। लबिम मल अगाडी रहेको विहारमा बेलुकी ५:३० बजेबाट हुने सो कार्यक्रमको टिकट शुल्क भने एक हजार रुपैयाँ रहेको छ।