बाढी पहिरोको क्षतिले इन्स्योरेन्समा ३ अर्ब ८१ करोडको दाबी, साढे सात अर्ब पर्ने प्रक्षेपण

बिजमाण्डू
२०८१ असोज २९ गते ११:०३ | Oct 15, 2024
बाढी पहिरोको क्षतिले इन्स्योरेन्समा ३ अर्ब ८१ करोडको दाबी, साढे सात अर्ब पर्ने प्रक्षेपण

काठमाडौं । असोज दोस्रो साता अबिरल वर्षासँगै बाढीपहिरोका कारण भएको क्षतिमा ३ अर्ब ८१ करोड ७९ लाख रुपैयाँ दाबी परेको छ। इन्स्योरेन्स कम्पनीमा परेको यो दाबी असोज २२ गतेसम्मको हो।

Tata
GBIME

नेपाल बीमा प्राधिकरणका अनुसार १ हजार ३७४ दाबी परेकामा दाबी रकम मध्ये इन्स्योरेन्स कम्पनीहरुले ७८ लाख ६५ हजार रुपैयाँ भुक्तानी गरिसकेका छन्।  

डेढ दर्जन निर्जीवन बीमा कम्पनीहरुमा ७ अर्ब ४० करोड ७१ लाख रुपैयाँ बराबरको दाबी आउने प्राधिकरणले आकलन गरेको छ।  

सम्पत्ति बीमाको सबैभन्दा धेरै २ अर्ब ६२ करोड रुपैयाँ दाबी परेको छ। सम्पत्ति बीमामा ५ अर्ब ६९ करोड रुपैयाँको दाबी पर्ने प्राधिकरणको आकलन छ।

त्यस्तै, इन्जिनियरिङ तथा ठेकेदार बीमाको ९६ करोड ८१ लाख रुपैयाँको दाबी परेको छ। इन्जिनियरिङ तथा ठेकेदार इन्स्योरेन्स १ अर्ब ४० करोड रुपैयाँको दाबी पर्ने प्राधिकरणको प्रक्षेपण छ।

सिद्धार्थ प्रिमियमर इन्स्योरेन्समा सर्वाधिक १ अर्ब ९३ करोड रुपैयाँ पर्ने प्राधिकरणको अनुमान छ। त्यस्तै, दिओरियन्टलमा १ अर्ब ४५ करोड रुपैयाँ दाबी परेको छ।