पाटन हेरिटेज जेम्स एण्ड ज्वेलरी एक्सपो सम्पन्न, नेपाली गहनाको प्रवर्धन हुने

बिजमाण्डू
२०८१ असोज १६ गते ०८:३२ | Oct 2, 2024
पाटन हेरिटेज जेम्स एण्ड ज्वेलरी एक्सपो सम्पन्न, नेपाली गहनाको प्रवर्धन हुने


काठमाडौं । ‌पाटन हेरिटेज जेम्स एण्ड ज्वेलरी एक्सपो, २०२४ सम्पन्न भएको छ।

Tata
GBIME
NLIC

ललितपुर रत्न तथा आभुषण संघ र रोटरी क्लब अफ पाटन हेरिटेजको संयुक्त आयोजनमा पाटन दरबार परिसरमा सो समारोह सम्पन्न भएको हो। समापन समारोहमा नेपाली कला झल्किने गरगहना सहित र्याम्प वक गरिएको थियो।

एक्सपोमा साँस्कृतिक, व्यापारिक, स्थानीय परिकार तथा पर्यटन प्रवर्द्धनका २५ वटा स्टलहरु रहेको थियो। ती स्टलहरुको माध्यमबाट स्थानीय उद्योग व्यवसाय लगायत नेपालमा पाइने खनिज सहित कला, संस्कृति, स्थानीय गरगहना तथा कलाकृतिहरु प्रदर्शन गरिएको जानकारी क्लबका अध्यक्ष सज्जु व्यञ्जनकारले दिए।

“समृद्धिका लागि सम्पदा संरक्षण” भन्ने मूल नाराका साथ आयोजित गत शुक्रबारबाट सुरु भएको थियो।
समापन कार्यक्रममा कार्यक्रममा परम्परागत चर्या तथा अन्य नृत्य समेत प्रस्तुत गरिएको थियो।