आइएमई लाइफ इन्स्योरेन्सबाट बाहिरिए फुँयाल, कामु सीइओको जिम्मेवारी अमात्यलाई

बिजमाण्डू
२०८१ भदौ ११ गते १०:३८ | Aug 27, 2024
आइएमई लाइफ इन्स्योरेन्सबाट बाहिरिए फुँयाल, कामु सीइओको जिम्मेवारी अमात्यलाई
दिनेश अमात्य

काठमाडौं। आइएमई लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीइओ)बाट कवि फुँयाल बाहिरिएका छन्। चार वर्षे कार्यकाल समाप्त भएपछि फुँयाल कम्पनीबाट बाहिरिएका हुन्।

Tata
GBIME

उनले २०७७ भदौदेखि कम्पनीमा सीइओको जिम्मेवारी सम्हालेका थिए। उनको कार्यकाल भदौ ६ गते समाप्त भएपछि कम्पनीले डेपुटी सीइओ दिनेशबहादुर अमात्यलाई कायममुकायम(कामु) सीइओको जिम्मेवारी दिएको छ।

कम्पनीको सञ्चालक समितिले आइतबार अमात्यलाई कामु सीइओको जिम्मेवारी दिएको हो।