
काठमाडौं । हिजो रातिदेखि परेको भारी वर्षाका कारण काठमाडौंका विभिन्न नदी र खोलामा बाढी आउँदा त्यहाँको जनजीवन प्रभावित भयो।
हाल डुबान क्षेत्रमा पानीको बहाव कम हुँदै गएको छ। नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीका अनुसार काठमाडौंबाट १२ र ललितपुरबाट २४ जनाको उद्धार गरिएको छ।

काठमाडौंको कुलेश्वर र बल्खु, तरकारी बजार, बाफल, धोबिखोला करिडोर, सुन्दरीघाट क्षेत्रमा डुबान भएको थियो। यस्तै, ललितपुरको युएन पार्क क्षेत्रबाट पनि डुबान प्रभावित भयो।
सुकुम्बासी बस्दै आएको बागमती नदी किनारमा आज पानी पसेको थियो।



