काठमाडौं। एक बर्षमा बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या २७७ ले बढेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार बाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीको कुल शाखा २८ सय ९६ बाट ३१ सय ७३ पुगेको हो।
| विवरण | २०७३/७४ | २०७२/७३ |
| शाखा | 3173 | 2896 |
| बाणिज्य बैंक | 2274 | 1869 |
| विकास बैंक | 769 | 852 |
| फाइनान्स | 130 | 175 |
| खाता संख्या | 19754036 | 16836017 |
| ऋण खाता | 1216091 | 1096570 |
| एटिएम | 2081 | 1908 |
| डेबिट कार्ड | 4980958 | 4657125 |
| क्रेडिट कार्ड | 68966 | 52014 |
| औषत निक्षेप ब्याज % | 6.15 | 3.28 |
| बचत खाता % | 4.01 | 2.24 |
| मुद्दति % | 10.08 | 5.57 |
| कल खाता % | 4.14 | 3.81 |
| कर्जाको औषद ब्याज % | 11.39 | 8.86 |
मर्जर तथा एक्विजिसनका कारण बाणिज्य बैंकहरुको शाखा संखया थप बढेको छ। बैंकहरुको १८६९ वटा शाखा २२७४ पुगेको छ। विकास बैंकको ८३ र फाइनान्स कम्पनीको ४५ वटा शाखा घटेका छन्। यो भनेको बाणिज्य बैंकहरुसँग साना संस्थाहरु मर्ज भएर अस्तित्वबाट हटे।
बैंक तथा वित्तीय संस्थाहरुमा सर्वसाधारणले पैसा राख्न खोल्ने खाता संख्या पनि बढेको छ। कुल २९ लाख १८ हजारले खाता संख्या बढेर एक करोड ९७ लाख ५४ हजार पुगेको छ। ऋण लिनेको संख्या पनि एक लाख १९ हजार ५२१ ले बढेको छ। बैक तथा वित्तीय संस्थाबाट ऋणको लिनेको कुल संख्या १२ लाख १६ हजार ९१ पुगेको छ।
एटिएमको संख्या १७३ ले बढेको छ भने डेबिट कार्ड लिने तीन लाख २३ हजार ८३३ ले बढेको छ। क्रेडिट कार्ड लिने पनि १६ हजार ९५२ ले बढेको छ।
सबैभन्दा रमाइलो तथ्यांक ब्याज दरको छ। बाणिज्य बैंकहरुको ब्याज दर लगभग दोब्बरले बढेको छ। एक बर्षमा निक्षेपको औसत ब्याज दर ३.२८ प्रतिशतबाट ६.१५ प्रतिशत पुगेको छ।
बचत खाताको ब्याज दर २.२४ प्रतिशतबाट ४.०१ प्रतिशत पुगेको छ। मुद्दति निक्षेपको ब्याज पनि ५.५७ प्रतिशतबाट १०.०८ प्रतिशत पुगेको छ भने कल डिपोजिटको ३.८१ बाट ४.१४ प्रतिशत पुगेको छ। ऋणको औसत ब्याज दर ८.८६ प्रतिशतबाट ११.३९ प्रतिशतमा उक्लिएको राष्ट्र बैंकले जनाएको छ।










