दुबई ‘एयरपोर्ट अफ वर्ल्ड, मानवताको मिलनस्थल : युएईका उपराष्ट्रपति

बिजमाण्डू
२०८१ असार ५ गते १६:१४ | Jun 19, 2024
दुबई ‘एयरपोर्ट अफ वर्ल्ड, मानवताको मिलनस्थल : युएईका उपराष्ट्रपति


संयुक्त अरब इमिरेट्सका उपराष्ट्रपति र प्रधानमन्त्री शेख महोम्मद बिन रसिद अल मोक्तमले दुबई विश्वकै हब बनेको बताएका छन्।

Tata
GBIME
NLIC

इमिरेट्स ग्रुपका पदाधिकारीहरुसँग छलफलका क्रममा उनले दुबई महाद्वीपहरु र विश्वका सम्भयताबीच महत्वपूर्ण सुत्रका रुपमा विकास भइरहेको बताएका हुन्।

दुबईका शासकसमेत रहेका उनले पछिल्लो ४ दशकमा दुबईमा हवाई क्षेत्रमा युगान्तकारी परिवर्तन आएको बताए। उनले दुबईको विमानस्थलमा हाल १ लाख १२ हजार बढीले रोजगारी पाएको र २७७ सहर दुबईसँग जोडिएको बताए। ५ करोड मानिसले एक वर्षमा दुबई हुँदै यात्रा गर्ने गरेको पनि उनले बताए। यसले दुबईको राजस्व १३७ बिलियन दिराम नाघेको छ।

दुबईमा व्यापारिक क्रियाकलाप बढाउन अहिले सरकारले प्रयास गरिरहेको उनले बताएका छन्। ठूलो अन्तर्राष्ट्रिय विमानस्थल खोल्ने योजनाबारे चर्चा गर्दै उनले त्यसले दुबईलाई ‘ग्लोबल हब’ बनाउनेमा उनले जोड दिए।

‘आज दुबई संसारको विमानस्थल बनेको छ। मानवताको मिलनस्थल हो। दुबई महाद्वीप र सभ्यताहरू बीचको महत्वपूर्ण सुत्र बन्न सफल भएको छ,’ उनले भनेका छन्।