सामान्य अंकले घट्यो नेप्से : ४ अर्ब ३८ करोडको कारोबार, दुई कम्पनीको सेयरमा पोजेटिभ सर्किट

बिजमाण्डू
२०८१ जेठ २४ गते १५:२२ | Jun 6, 2024
सामान्य अंकले घट्यो नेप्से : ४ अर्ब ३८ करोडको कारोबार, दुई कम्पनीको सेयरमा पोजेटिभ सर्किट

काठमाडौं। आज सेयर बजार सामान्य अंकले घटेको छ। बिहीबार नेप्से परिसूचक १.९३ अंकले घटेर २०७७.७८ को बिन्दुमा झरेको हो।

Tata
GBIME

होटल तथा पर्यटन, हाइड्रोपावर, इन्भेष्टमेन्ट, माइक्रोफाइनान्स र ट्रेडिङ बाहेकका उपसमूहले आज बजार घटाएका हुन।

फाइनान्स उपसमूहको सूचक सर्वाधिक २.०८ प्रतिशतले घटेको छ। कारोबारमा आएका ३२२ मध्ये १३५ कम्पनीको सेयर मूल्य घटेको छ। माई खोला हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक ६.४० प्रतिशतले गुमाएका छन्।

१०१ वटा कम्पनीको सेयर मूल्य बढेको छ। इमर्जिङ नेपाल र मिडसोलु हाइड्रोपावरको मूल्यमा ‘पोजेटिभ सर्किट’ लागेको छ।

आज ४ अर्ब ३८ करोड ८२ लाख रुपैयाँको सेयर कारोबार भएकामा सर्वाधिक एनआरएन इन्फ्रास्टक्चर डेभलपमेन्टको १८ करोड ६८ लाख रुपैयाँको सेयर किनबेच भएको छ।