अमेजनले सिंगापुरमा क्लाउड सेवा विस्तार गर्न ११ खर्ब लगानी गर्दै, वार्षिक १२ हजारलाई रोजगारी

बिजमाण्डू
२०८१ बैशाख २८ गते ०९:०४ | May 10, 2024
अमेजनले सिंगापुरमा क्लाउड सेवा विस्तार गर्न ११ खर्ब लगानी गर्दै, वार्षिक १२ हजारलाई रोजगारी
Photo : pingpong

टेक जायन्ट अमेजनले सिंगापुरमा क्लाउड सेवाको विस्तारका लागि पूर्वाधार निर्माण गर्न लगानी गर्ने भएको छ। अमेजनले ९ बिलियन अमेरिकी डलर (११ खर्ब ९८ अर्ब रुपैयाँ) लगानी गर्न लागेको हो।

Tata
GBIME

ग्राहकहरुको मागलाई लक्षित गरेर सन् २०२४ देखि २०२८ सम्म कम्पनीले सिंगापुरमा लगानी दोब्बरले वृद्धि गरेको जनाएको छ। सो लगानी पश्चात हरेक वर्ष सिंगापुरमा १२ हजार रोजगारी सिर्जना हुने अमेजनको अपेक्षा छ।

पछिल्लो समय अमेरिकी टेक कम्पनीहरुले दक्षिणपूर्वी एसियामा आफ्नो उपस्थिति बलियो बनाउँदैछन्। गत वर्ष अमेजनले मलेसिया र थाइल्यान्डमा पनि क्लाउड सेवामा ‘मल्टीबिलियन’ डलर लगानी गर्ने घोषणा गरेको थियो।

गत हप्ता माइक्रोसफ्टले पनि मलेसिया, थाइल्यान्ड र इन्डोनेसियामा आर्टिफिसियल इन्टेलिजेन्स र क्लाउड सर्भिसमा मल्टीबिलियन डलर लगानी गर्ने घोषणा गरेको थियो।