विदेशमा रहेका ग्राहकको नक्कली कनेक्ट आइपिएस बनाएर १ करोड बढी झिक्ने बैंक कर्मचारी पक्राउ

बिजमाण्डू
२०८० फागुन ८ गते १३:१४ | Feb 20, 2024
विदेशमा रहेका ग्राहकको नक्कली कनेक्ट आइपिएस बनाएर १ करोड बढी झिक्ने बैंक कर्मचारी पक्राउ

काठमाडौं। ग्राहकको रकम अपचलन गरेको आरोपमा प्रहरीले राष्ट्रिय वाणिज्य बैंकको एक कर्मचारीलाई पक्राउ गरेको छ।वीरगञ्ज शाखामा कार्यरत सहायक प्रबन्धक रोहितकुमार ‌ओझालाई प्रहरीले पक्राउ गरेको हो।

Tata
GBIME

उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले आइतबार वीरगञ्जबाट पक्राउ गरेर काठमाडौं ल्याइसकेको छ। मंगलबार उनलाई जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको छ।

कर्मचारी ‌ओझाले विदेशमा भएका सेवाग्राही खाताबाट नक्कली कनेक्ट आइपिएस बनाएर रकम झिकेको सीआईबीका एक प्रहरी अधिकृतले बताए।

ओझाले खाताबाट १ करोड ३७ लाख ८७ हजार रुपैयाँ झिकेको देखिएको छ।