इनरुवामा २ करोड रुपैयाँ बराबरको नक्कली नोट फेला, गाडीमा रहेका एक व्यक्ति भने फरार

बिजमाण्डू
२०८० माघ २९ गते १०:०९ | Feb 12, 2024
इनरुवामा २ करोड रुपैयाँ बराबरको नक्कली नोट फेला, गाडीमा रहेका एक व्यक्ति भने फरार

काठमाडौं। सुनसरीको इनरुवामा प्रहरीले ठुलो मात्रामा नक्कली नोट फेला पारेको छ।

Tata
GBIME

जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको टोलीले इनरुवा नगरपालिका ४ स्थित सुनसरी खोलाको पुल नजिकै गाडीभित्र राखिएको नक्कली नोट फेला पारेको हो।

‘ चेकिङको क्रममा नक्कली नोट भेटिएको हो। थप अनुसन्धान गरिरहेका छौँ,’ सुनसरी प्रहरी प्रमुख विपिन रेग्मीले भने।

भारतीय नम्बर प्लेटको गाडीभित्र बोरामा १ करोड ८२ लाख ५१ हजार रुपैयाँ बराबरको नक्कली नोट फेला पारेको हो।

सबै नोटहरू एक हजार दरको रहेको प्रहरीले जानकारी दिएको छ। प्रहरीले गाडी चालकलाई भने नियन्त्रणमा लिएको छ।