एनएसीसँगै सबै निजी वायुसेवाको पनि सुरक्षा अडिट गर्ने नागरिक उड्‍डयन प्राधिकरणको तयारी

बिजमाण्डू
२०८० मंसिर २१ गते १०:१४ | Dec 7, 2023
एनएसीसँगै सबै निजी वायुसेवाको पनि सुरक्षा अडिट गर्ने नागरिक उड्‍डयन प्राधिकरणको तयारी

काठमाडौं। ईयूको प्रतिवेदनले हवाई सुरक्षा सूचीबाट उम्किन नदिएपछि नागरिक उड्‍डयन प्राधिकरणले नेपाल वायुसेवा निगमसँगै देशमा सञ्‍चालित सबै वायुसेवाको सुरक्षा अडिट गर्ने भएको छ।

Tata
GBIME

केही दिन यता निगमको सुरक्षा अडिट सुरु गरेको प्राधिकरणले यस लगत्तै श्री एयरलाइन्सको अडिटको तयारी गरेको सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए।

‘गत भदौमा अडिटका लागि आएका ईयू प्रतिनिधिले नमुनाका रुपमा निगम र श्रीको विस्तृत स्थलगत अडिट गरेको थियो। यसमा देखाइएको कैफियतले सबै वायुसेवालाई सम्बोधन गरेको छ,’ सूचना अधिकारी भुलले भने, ‘निगमपछि श्रीसँगै सबै वायुसेवाको विस्तृत सुरक्षा अडिट गर्नेछौं।’

मुलुकको उड्‍डयन सुरक्षा सुदृढीकरणका लागि प्राधिकरणले अहिलेदेखि नै यो कारबाही अगाडि बढाएको उनले जानकारी दिए।