सिद्धार्थ बैंकको साधारण सभाले पारित गर्‍यो लाभांश प्रस्ताव, सेयरधनीलाई ५९ करोड ३१ लाख

बिजमाण्डू
२०८० मंसिर ५ गते १८:०६ | Nov 21, 2023
सिद्धार्थ बैंकको साधारण सभाले पारित गर्‍यो लाभांश प्रस्ताव, सेयरधनीलाई ५९ करोड ३१ लाख


काठमाडौं। सिद्धार्थ बैंकको साधारण सभाले लाभांश प्रस्ताव पारित गरेको छ। बैंकको मंगलबार भएको २२औं वार्षिक साधारण सभाले लाभांश प्रस्ताव पारित गरेको हो।

Tata
GBIME
NLIC

बैंक सञ्चालक समितिका अध्यक्ष मनोजकुमार केडियाको अध्यक्षतामा भएको साधारण सभाले पारित गरेको प्रस्तावअनुसार सेयरधनीले ५९ करोड ३१ लाख ८८ हजार १६६ रुपैयाँ पाउनेछन्।

बैंकले चुक्ता पुँजीको ४.२१ प्रतिशत नगद लाभांश पारित गरेको हो। बैंकको चुक्ता पुँजी हाल १४ अर्ब ८ करोड ९९ लाख ८० हजार रुपैयाँ छ।