कम्पनीले निस्कासन गर्न लागेको कुल सेयरमध्ये १९४७४ कित्ता कर्मचारी र ४८ हजार ६८६ कित्ता सेयर सामूहिक लगानी कोष कम्पनीहरुलाई छुट्याएको छ । सर्वसाधारणले नौं लाख पाँच हजार ५७७ कित्ताका लागि मात्र आवेदन दिन पाउँछन् ।
कम्पनीले गत कात्तिक ३० गते आयोजना प्रभावित जिल्लाका बासिन्दालाई सेयर निस्कासन गरेको थियो । कम्पनीले स्थानीयलाई चार लाख ८६ हजार ८६८ कित्ता सेयर जारी गरेको थियो ।
स्थानीयलाई सेयर जारी गरिसकेको कम्पनीले सर्वसाधारणलाई विक्री गरेपछि पुँजी ४८ करोड ६८ लाख रुपैयाँ पुग्ने छ । कम्पनीको सेयर निस्कासन तथा बिक्री प्रबन्धकमा एनआइबिएल क्यापिटल छ ।
कम्पनीमा संस्थापकहरुको ७० प्रतिशत लगानी छ । १० प्रतिशत आयोजना प्रभावितमा सेयर छ भने २० प्रतिशत आमसर्वसाधारणमा सेयर दिन लागेको हो । कम्पनीको अध्यक्ष डा. भोगेन्द्रकुमार गुरागाईँ हुन् । संस्थापक सेयरधनी ९२ जना छन् ।
लमजुङको भुलभुले तथा वाहुन डाँडा गाविसमा रहेको सिउरी खोलाबाट पाँच मेगावाट विजुली उत्पादन गर्दैछ । कम्पनीको सेयरका लागि आवेदन फारमा एनआइबिएल क्यापिटलका साथै नेपाल इन्भेष्टमेन्ट बैंकको शाखा कार्यालयहरुमा पाइन्छ ।
ङादीको अनामनगर कार्यालयका साथै भिवोर क्यापिटल, ग्रोमोर मर्चेन्ट बैंकर, गुहेश्वरी मर्चेन्ट, एपेक्स डेभलपमेन्ट बैक, सिनर्जी फाइनान्स, काठमाडौं फाइनान्स, साझा विकास बैंक र अरनिको विकास बैंकबाट पनि आवेदन फारम लिन सकिन्छ ।