
काठमाडौं । ‘निम्बस सहयोगी हात’ अन्तरगत बर्डफ्लु संक्रमणबाट पीडित किसान तथा व्यावसायीलाई राहत दिने कार्यक्रम अनुुुसार निम्बसले काठमाडौ सितापाइलाका किसान पे्रमकुमार श्रेष्ठलाई आर्थिक सहयोग गरेको छ । निम्बसले पशु स्वास्थ्य सेवा निर्देशनालयको सिफारिसमा श्रेष्ठलाई ३ लाख ४३ हजार २ सय रुपैयाँ सहयोग गरेको हो । निम्बसको ‘शक्ति पेलेट फिड’ को कारोवार एवं उपभोग गर्ने किसान तथा व्यवसायीको हित प्रवद्र्धन गर्ने उद्देश्यले राहत कोषको घोषणा गरिएको कम्पनीले जनाएको छ । बर्डफ्लु संक्रमणबाट किसान तथा व्यावसायीहरु पीडित भएका र पेशाबाटै हात धुन पर्ने परिस्थीत आएकाले बचाउका लागि कम्पनीले राहत कार्यक्रमको योजना ल्याएको निम्बसले जानकारी दिएको छ ।