BIZMANDU
www.bizmandu.com

निम्बस सहयोगी हातको सहयोग, बर्डफ्लु पीडितलाई साढे तीन लाख राहात

२०६९ माघ १२

निम्बस सहयोगी हातको सहयोग, बर्डफ्लु पीडितलाई साढे तीन लाख राहात
निम्बस सहयोगी हातको सहयोग, बर्डफ्लु पीडितलाई साढे तीन लाख राहात

काठमाडौं । ‘निम्बस सहयोगी हात’ अन्तरगत बर्डफ्लु संक्रमणबाट पीडित किसान तथा व्यावसायीलाई राहत दिने कार्यक्रम अनुुुसार निम्बसले काठमाडौ सितापाइलाका किसान पे्रमकुमार श्रेष्ठलाई आर्थिक सहयोग गरेको छ । निम्बसले पशु स्वास्थ्य सेवा निर्देशनालयको सिफारिसमा श्रेष्ठलाई ३ लाख ४३ हजार २ सय रुपैयाँ सहयोग गरेको हो । निम्बसको ‘शक्ति पेलेट फिड’ को कारोवार एवं उपभोग गर्ने किसान तथा व्यवसायीको हित प्रवद्र्धन गर्ने  उद्देश्यले राहत कोषको घोषणा गरिएको कम्पनीले जनाएको छ । बर्डफ्लु संक्रमणबाट किसान तथा व्यावसायीहरु पीडित भएका र पेशाबाटै हात धुन पर्ने परिस्थीत आएकाले बचाउका लागि कम्पनीले राहत कार्यक्रमको योजना ल्याएको निम्बसले जानकारी दिएको छ ।  

Tata
GBIME