नेपाली फिल्म ‘रंगेली’ को ग्रान्ड प्रिमियर अस्ट्रेलियामा हुने

बिजमाण्डू
२०८० असोज ७ गते १४:५९ | Sep 24, 2023
नेपाली फिल्म ‘रंगेली’ को ग्रान्ड प्रिमियर अस्ट्रेलियामा हुने


काठमाडौं। दयाहाङ राई र मिरुना मगर स्टारर फिल्म ‘रंगेली’ को ग्रान्ड प्रिमियर अस्ट्रेलियामा हुने भएको छ। आउँदो माघको अन्तिम हप्ता अष्ट्रेलियामा प्रिमियर गर्ने कार्यकारी निर्माता जीतेन्द्र खतिवडाले बताए।

Tata
GBIME
NLIC

यस चलचित्रका लागि अस्ट्रेलियाको वितरक कम्पनी ‘हट बिट्स ईभेन्टस्’ले प्रिमियरका साथै त्यहाँका विभिन्‍न सहरमा रिलिज समेत गर्ने भएको छ। प्रिमियरमा नेपालबाट कलाकारहरूसहितको चलचित्र टिम त्यहाँ पुग्‍नेछ।

साथै सार्वजनिक प्रदर्शन अगाडि नै अमेरिकामा पनि यसको प्रिमियर राखिने भएको छ।

अर्जुन सुवेदीको लेखन तथा निर्देशन रहेको फिल्म नेपालमा महाशिवरात्रिको दिन फागुन २५ गते रिलिज हुनेछ। यस फिल्ममा दयाहाङ र मिरुनाका साथै अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी लगायतको प्रमुख भूमिका छ।

हाल फिल्मको छायांकन मोरङको रंगेली, कर्सिया, कटहरी, विराटनगर र बिर्तामोड क्षेत्रमा भइरहेको छ।