काम अलपत्र पार्ने १५ निर्माण कम्पनीलाई कालोसूचीमा राखिँदै, मागियो ७ दिने अन्तिम स्पष्टीकरण

बिजमाण्डू
२०८० भदौ ११ गते ११:५३ | Aug 28, 2023
काम अलपत्र पार्ने १५ निर्माण कम्पनीलाई कालोसूचीमा राखिँदै, मागियो ७ दिने अन्तिम स्पष्टीकरण


काठमाडौं। सार्वजनिक खरिद अनुगमन कार्यालयले १५ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रिया अगाडि बढाएको छ। विभिन्न सार्वजनिक निकायबाट आएको सिफारिसका आधारमा कार्यालयले १५ कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रिया अगाडि बढाएको हो।

Tata
GBIME
NLIC

कार्यालयले कालोसूचीमा राख्न नपर्ने भन्ने कुनै तथ्य र कारण भए लिखित स्पष्टीकरण पेस गर्न निर्माण कम्पनीहरुलाई सोमबार ७ दिनको समय दिएको छ।

कार्यालयले यसअघि ती कम्पनीलाई ३० दिनको समय दिएर लिखित स्पष्टीकरण पेस गर्न भनेको थियो। तर ती कम्पनीले उक्त अवधिमा कुनै जवाफ नदिएपछि कार्यालयले ७ दिने सूचना निकालेको हो। यो अवधिमा पनि स्पष्टीकरण पेस नगरे यसै सूचनालाई आधार मानेर कालोसूचीमा राख्ने प्रक्रिया अगाडि बढाउने कार्यालयले जनाएको छ।

स्पष्टीकरण मागिएका कम्पनीमा वैष्णवी एण्ड लोकेन्द्र सप्लायर्स, साफबोन वाटर सर्भिस(होल्डिङ) सांघाई, अनामिका कन्स्ट्रक्सन, पारस निर्माण सेवा, शारदा कन्स्ट्रक्सन, रुमानी निर्माण सेवा, त्रिवेणी निर्माण सेवा, कास्यार्ङ कन्स्ट्रक्सन एण्ड सप्लायर्स, ग्रिन वर्ल्ड/जयास कन्स्ट्रक्सन जेभी, एसिन कन्स्ट्रक्सन एण्ड सप्लायर्स, सिपेल इन्डिया, प्रान्जल निर्माण सेवा, गौरती भीमसेन निर्माण सेवा र भाबेस कन्स्ट्रक्सन छन्।