समाजवादी मोर्चाले प्रदेश तहमा गर्ने भेलाको मिति टुंगो लगायो, कहिले कहाँ?

बिजमाण्डू
२०८० भदौ ४ गते ११:१६ | Aug 21, 2023
समाजवादी मोर्चाले प्रदेश तहमा गर्ने भेलाको मिति टुंगो लगायो, कहिले कहाँ?
समाजवादी मोर्चाको बैठक। तस्वीर: प्रधानमन्त्रीको निजी सचिवालय


काठमाडौं। समाजवादी मोर्चाले प्रदेश भेलाको मिति तय गरेको छ। नेकपा एकीकृत समाजवादीको कार्यालयमा आज बिहान बसेको बसेको भदौ ८ देखि २५ सम्म भेला गर्ने गरी मिति तय गरेको हो।

Tata
GBIME
NLIC

मोर्चाको पहिलो भेला जनकपुरमा हुनेछ। मधेस प्रदेशको भेला भदौ ८ गते जनकपुरमा गर्ने निर्णय भएको बैठकमा सहभागी नेताहरुले जानकारी दिएका छन्।

लुम्बिनी प्रदेशको भेला भदौ १२ गते बुटवल, सुदूरपश्चिमको भदौ १३ गते धनगढी, कर्णालीको भदौ १४ गते सुर्खेत, गण्डकीको भदौ १५ गते पोखरा, बागमतीको भदौ २३ गते हेटौंडा र कोशीको भदौ २५ गते विराटनगरमा भेला गर्ने निर्णय मोर्चाले गरेको छ।

मोर्चामा माओवादी केन्द्र, जनता समाजवादी, एकीकृत समाजवादी र नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादी छन्।