सानिमा बैंकले काठमाडौंबाट सुरु गर्यो केआईएसओएसके सेवा, सबै शाखामा विस्तार गर्ने बैंकको तयारी



बिजमाण्डू
२०७२ साउन ८ गते ००:०० | Jul 24, 2015
सानिमा बैंकले काठमाडौंबाट सुरु गर्यो केआईएसओएसके सेवा, सबै शाखामा विस्तार गर्ने बैंकको तयारी


सानिमा बैंकले नेपाली बैंकिङ क्षेत्रमा नै पहिलो पटक स्वयं सेवा यन्त्र (केआईओएसके) प्रणालीको सुरुवात गरेको छ । बैंकका अध्यक्ष बिनयकुमार श्रेष्ठले केआईएसओएसके सेवाको सुरुवात गरे ।

Tata
GBIME

नयाँ सेवाको सुरुवातसँगै ग्राहकले विभिन्न बैंकिङ सेवाहरु लाइन नबसी लिन सक्ने बैंकले जनाएको छ । केन्द्रीय कार्यालयबाट सुरु गरिएको यो सेवा बैंकका सबै शाखाहरुमा विस्तार गरिने बैंकले जनाएको छ ।

नयाँ सेवाबाट बैंकले स्टेटमेन्ट प्रिन्ट गर्ने, चेक डिपोजिट गर्नेलगायतका काम सजिलै गर्न सक्ने बैंकले जानकारी दिएको छ । यो यन्त्रबाट सबै सेवा २४ सै घण्टा सञ्चालन हुने बैंकले जनाएको छ ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले ग्राहकलाई नयाँ सेवा दिन पाएकोमा खुशी व्यक्त गरे ।