
काठमाडौं। सरकारले काम सम्पन्न भएका आयोजनाको ५० अर्ब भुक्तानी नगरेको भन्दै निर्माण व्यवसायीले शुक्रबार धर्ना दिने भएका छन्।
नेपाल निर्माण व्यवसायी महासंघको अगुवाईंमा शुक्रबार माइतीघर मण्डलामा धर्ना दिने भएका हुन्। महासंघले बिहीबार एक सूचना जारी गर्दै सरकारले असार मसान्तसम्म पनि व्यवसायीहरूको ठूलो रकम भुक्तानी नगरेकोले धर्ना दिन लागिएको उल्लेख गरेको छ।
शुक्रबार बिहान ९ बजे माइतीघर मण्डलामा दिने धर्ना कार्यक्रममा महासंघका सदस्य, कार्यसमितिका सल्लाहकार, पदाधिकारी, एशोसिएट सदस्यहरु सबैलाई उपस्थितिको लागि महासंघले आग्रह गरेको छ।
महासंघका अध्यक्ष रवि सिंहले काम सकिएपछि पनि भुक्तानी दिन आलटाल गरेरपछि विरोध कार्यक्रम गर्न लागिएको बताए। उनका अनुसार शुक्रबारपछि चरणबद्ध आन्दोलनका कार्यक्रम गरिनेछ।