नेपाल युवा उद्यमी मंच अध्यक्षमा सहारा जोशी निर्वाचित, तभीसी र हिमालयन ब्याम्बोकी सीइओ

बिजमाण्डू
२०८० असार २६ गते ११:३३ | Jul 11, 2023
नेपाल युवा उद्यमी मंच अध्यक्षमा सहारा जोशी निर्वाचित, तभीसी र हिमालयन ब्याम्बोकी सीइओ

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको नेपाली युवा उद्यमी मञ्च (एनवाइइएफ) अध्यक्षमा सहारा जोशी निर्वाचित भएकी छन्। उनी महिलालक्षित इ-कमर्स प्लेटफर्म तभीसीकी सहसंस्थापक र हिमालयन ब्याम्बोकी सीइओ हुन्।

Tata
GBIME

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष कुशकुमार जोशीको छोरी सहारा आठ वर्षदेखि हिमालयन ब्याम्बोमा आबद्ध छिन्।

उनले तभीसी गत वर्ष मार्चमा साथी पलास जोशीसँग मिलेर स्थापना गरेकी हुन्। मञ्चले गत आइतबार वार्षिक साधारणसभा गर्दै नयाँ अध्यक्ष चयन र राष्ट्रिय गभर्निङ काउन्सिल गठन गरेको हो। 

नयाँ राष्ट्रिय गभर्निङ काउन्सिलमा तात्कालिन पूर्वअध्यक्ष रितेश लामिछाने, प्रथम उपाध्यक्ष कुशलसुन्दर श्रेष्ठ, द्वितीय उपाध्यक्ष निभिता प्रधान र महिला उपाध्यक्षमा ऋचा श्रेष्ठ छन्।

त्यस्तै, काउन्सिलका कार्यकारिणी सदस्यहरुमा विलाशा श्रेष्ठ, सुदीप घिमिरे, कृष्ण सापकोटा, पवित्रबहादुर गौतम, आभूषणज्योति कंसाकार र युनेशराज श्रेष्ठ छन्।

नवनिर्वाचित अध्यक्ष जोशीले भनिन्, ‘युवा उद्यमीलाई युवा उद्यमी सम्मेलन, लिडर्स प्रोजेक्ट, मेड इन नेपाल क्याम्पेनजस्ता पहलहरूमार्फत निरन्तर सहयोग गर्दै आएको छ र हामी यस अभियानलाई निरन्तरता दिँदै थप मजबुत बनाउनेछौं।’