बाह्य क्षेत्रमा निरन्तर सुधार, १० खर्बभन्दा बढी रेमिटेन्स भित्रिँदा शोधनान्तर २.१४ खर्ब बचतमा

बिजमाण्डू
२०८० जेठ २६ गते १३:३३ | Jun 9, 2023
बाह्य क्षेत्रमा निरन्तर सुधार, १० खर्बभन्दा बढी रेमिटेन्स भित्रिँदा शोधनान्तर २.१४  खर्ब बचतमा

काठमाडौं। चालु आवको १० महिनाको तथ्यांक सार्वजनिक गर्दै राष्ट्र बैंकले शोधनान्तर २ खर्ब १४ अर्ब ६४ करोड रुपैयाँ बचतमा रहेको जनाएको छ।

Tata
GBIME

रेमिटेन्स नेपाली रुपैयाँमा २३.४ प्रतिशतले बढ्दा अमेरिकी डलरमा १३.४ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ।

चालु आवको १० महिनामा रेमिटेन्स बढेर १० खर्बभन्दा बढी भित्रिएको हो। अघिल्लो वर्षको सोही अवधिमा रेमिटेन्स ०.५ प्रतिशत मात्रै बढेको थियो। अमेरिकी डलरमा रेमिटेन्स बढेर ७ अर्ब ७० करोड रुपैयाँ पुगेको छ।

त्यसैगरी, वैशाखसम्म कुल विदेशी विनिमय सञ्चिति २०.९ प्रतिशतले बढेर १४ खर्ब ७० अर्ब पुगेको छ। २०७९ असारमा यो १२ खर्ब १५ अर्ब रुपैयाँ थियो।

अमेरिकी डलरमा सञ्चिति २०७९ असारमा ९ अर्ब ७४ करोड रहेकोमा वैशाख मसान्तमा १७.६ प्रतिशतले बढेर ११ अर्ब २१ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ।

चालु आवको १० महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ११.२ महिनाको वस्तु आयात र ९.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकको तथ्यांक छ।

यस्तै, चालु आवको १० महिनामा आयात १६.८ प्रतिशतले घट्दा निर्यात पनि २४.५ प्रतिशतले घटेको छ। यो अवधिमा कुल वस्तु व्यापार घाटा पनि १५.९ प्रतिशतले घटेको छ।

यो अवधिमा उपभोक्ता मूल्य सूचकांकमा आधारिक मुद्रास्फीति ७.४१ प्रतिशत रहेको छ।