
काठमाडौं। सामसङले मध्य बानेश्वरमा नयाँ आधिकारिक सर्भिस सेन्टर खोलेको छ।
उद्घाटन समारोहमा सामसङ नेपालका प्रबन्ध निर्देशक सुङ जुन पार्क, निर्देशक प्रणय रत्न स्थापित, सर्भिस हेड राजन भट्टराई, आइएमएसका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत डिकेश मलहोत्रा र आइएमएसका सेल्स हेड कैलाश अइयरको उपस्थिति रहेको कम्पनीले जनाएको छ। सो सामसङद्वारा नेपालमा खोलिएको २१औं सर्भिस सेन्टर हो।
बिक्रीपछिको गुणस्तरीय सेवा लगायतलाई ध्यानमा राख्दै सामसङले यसअघि काठमाडौं उपत्यका भित्र ५ वटा र उपत्यका बाहिर १५ वटा सर्भिस सेन्टर गरी कुल २० वटा स्थानहरूबाट सेवा प्रदान गर्दै आइरहेको थियो। बानेश्वरमा २१औं सर्भिस सेन्टर खोलेपछि आफ्ना ग्राहकहरूलाई थप सेवा पुग्ने कम्पनीको विश्वास छ।
बानेश्वरको नयाँ सर्भिस सेन्टरमा वारेन्टी भएको र नभएको दुवै किसिमका सामसङ मोबाइल फोनहरूको मर्मत गरिने कम्पनीले जनाएको छ।