सिम्रिकले ल्यायो रेन्जर सिरिजको हेलिकोप्टर, हेलिकोप्टर एयर लिफ्टमा प्रयोग गरिने

बिजमाण्डू
२०८० जेठ १८ गते १७:३३ | Jun 1, 2023
सिम्रिकले ल्यायो रेन्जर सिरिजको हेलिकोप्टर, हेलिकोप्टर एयर लिफ्टमा प्रयोग गरिने


काठमाडौं। सिम्रिक एयरले बेल ५०५ जेट रेन्जर सिरिजको हेलिकोप्टर ल्याएको छ। नेपालमा यस्तो हेलिकोप्टर पहिलो पटक आएको हो।

Tata
GBIME
NLIC

कम्पनीका अनुसार यो हेलिकोप्टर एयर लिफ्टिङमा प्रयोग गरिनेछ। ‘हामीले यो हेलिकोप्टर स्वास्थ्य क्षेत्रमा प्रयोग गर्छौं,’ कम्पनीका महाप्रवन्धक मुरली जोशीले भने।   

यो हेलिकोप्‍टरको कलसाइन ९ एन-एएनएक्स दिइएको छ। चालकसहित पाँचवटा सीट क्षमताको हेलिकोप्टरको ककपिटमा पूर्णरूपमा डिजिटल संयन्त्र जडान गरिएको उनको भनाइ छ। ककपिटदेखि पाइलटलाई आवश्यक जानकारी सम्प्रेषणका लागि डिजिटल प्रविधिको सुविधा छ।

जेट रेन्जर-एक्स सिरिजको हेलिकोप्टर खरिद गर्ने भएपछि कम्पनीले चार वर्षअघि नै परीक्षण उडान गर्न लगाइसकेको छ। हेलिकोप्टरमा २० हजार मिटर उचाइसम्म उडान गर्ने क्षमता रहेको कम्पनीले जनाएको छ।

हाल यो सिरिजको हेलिकोप्टरको अन्तर्राष्ट्रिय बजार मूल्य करिब १६ करोड रुपैयाँ छ।