
काठमाडौं । नेपाली वायुसेवा कम्पनी बिबि एअरवेजले एसिया प्रसान्तीय ट्राभल वितरण कम्पनी एबाकस इन्टरनेशनलसँग ट्राभल वितरण सम्बन्धी सम्झौता गरेको छ । नोभेम्बर २ मा गरिएको यो सम्झौता नै एअरवेजका तर्फबाट ट्राभल वितरण कम्पनीसँग गरिएको पहिलो सम्झौता हो । एबाकसले जनवरीदेखि एअरवेजलाइ आफू सम्वद्ध ट्राभल वितरण कम्पनीको माध्यमबाट सेवा दिने जनाएको छ ।
बिबि एअरवेजको ट्राभल वितरण साझेदारको रुपमा छनोट भएकोमा खुसि व्यक्त गर्दै एबाकसका डिभिजन प्रमुख होहुङ्ग मउले भने ‘हामी निकै विश्वस्त छौ र हामिले एअरवेजको स्तर उन्नतिको लागि सक्दो प्रयास गर्ने छौं ।’ सम्झौतामा जनाइए अनुसार बिबि एअरवेजको टिकट बुकिङ्ग र प्रोसेसिङ सम्बन्धी काम एबाकसले गर्नेछ ।
बिबि एअरवेजका प्रबन्ध निर्देशक शिशिर भट्टले एबाकससँग सहकार्य गर्न पाएको मा उत्साह व्यक्त गर्दै भने ‘हामीले छनोट गरेको कम्पनी एउटा स्थापित मात्र नभएर एसिया प्रसान्तीय क्षेत्रको बजारलाइ समेत राम्रोसँग बुझेको कम्पनी हो, यसले हाम्रो व्यवसाय प्रबद्र्धनकालागि महत्वपुर्ण सहयोग पुरयाउने अपेक्षा गरेका छौँ ।’