गुराँस लघुवित्तको प्रमुख कार्यकारीमा उपाध्याय नियुक्त, चार वर्षका लागि जिम्मेवारी

बिजमाण्डू
२०८० जेठ ४ गते १०:१७ | May 18, 2023
गुराँस लघुवित्तको प्रमुख कार्यकारीमा उपाध्याय नियुक्त, चार वर्षका लागि जिम्मेवारी


काठमाडौं। गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदमा विष्णुप्रसाद उपाध्याय नियुक्त भएका छन्। संचालक समितिको बैठकले जेठ ३ गतेदेखि लागू हुने गरि उनलाई प्रमुख कार्यकारी अधिकृत बनाएको हो।

Tata
GBIME
NLIC

उपाध्याय आगामी ४ वर्षलाई नियुक्त भएका हुन्। उपाध्यायले नेपाल इन्स्योरेन्स कम्पनीमा उपप्रबन्धक, प्रबन्धक र वरिष्ठ प्रबन्धक हुँदै प्रमुख कार्यकारी अधिकृतसम्म गरी २१ वर्ष काम गरेका थिए।

यसबाहेक नेपाल पुनर्बीमा कम्पनीमा पुनर्बीमा विज्ञ र कम्पनी सचिवको जिम्मेवारीमा रही ४ वर्ष काम गरेका थिए। 

व्यवस्थापन संकायमा स्नातकोत्तरसम्मको अध्ययन गरेका उपाध्यायको अनुभवले लघुवित्तको प्रगतिले नयाँ उचाई लिने विज्ञप्तिमा उल्लेख छ।

मोरङमा कर्पोरेट कार्यालय रहेको वित्तीय संस्थाले कोशी प्रदेशका १२ वटा जिल्लाहरुमा ३३ वटा शाखा कार्यालयमार्फत २० हजार भन्दा बढी परिवारलाई लघुवित्त सेवा उपलब्ध गराउँदै आएको छ।