लक्ष्मी क्यापिटलले बिहीबारबाट पहिलो इकाइहरु बिक्री गर्दै, ४० लाख इकाइ बिक्री, आकर्षक प्रतिफल



बिजमाण्डू
२०७१ माघ २८ गते ००:०० | Feb 11, 2015
लक्ष्मी क्यापिटलले बिहीबारबाट पहिलो इकाइहरु बिक्री गर्दै, ४० लाख इकाइ बिक्री, आकर्षक प्रतिफल


काठमाडौं । लक्ष्मी क्यापिटल मार्केटले बिहीबारबाट लक्ष्मी भ्यालु फन्ड–१ निस्कासन गर्ने भएको छ । लक्ष्मी बैंकको सहायक कम्पनी लक्ष्मी क्यापिटलले अंकित मूल्य १० रुपैयाँ दरका इकाइहरु निस्कासन गर्ने भएको हो । 
 
 
लक्ष्मी क्यापिटलले योजना ब्यवथापक तथा डिपोजिटरी र निष्काशन तथा विक्री प्रबन्धक समेतको कार्य गर्छ । कम्पनीले पहिलो पटक ४० करोड (अधिकतम ५० करोड) मुल्य बराबरको ५ बर्षे योजना निस्कासन गर्न लागेको हो । इकाइहरु नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सुचिकृत हुनेछन् । 
 
योजना फागुन ६ गतेसम्म बिक्री गरिने छ । ढिलोमा फागुन १४ गतेसम्म खुल्ला रहने कम्पनीले जनाएको छ । 
 
इच्छुक नेपाली नागरिक, गैरअवासीय नेपाली, नियमानुसार दर्ता भएका फर्म, नेपाली संघ संस्था, संगठन, बैक तथा बित्तीय संस्थाहरु, बीमा कम्पनी, कुनै श्रेणी तथा समुहद्घारा स्थापना भएका कोष, अवकाश कोषलगायतले इकाइका लागि आवेदन दिन सक्नेछन् । 
 
इकाइका लागि न्युनतम एक सय र अधिकतम ४० लाख इकाईको सिमासम्म आवेदन दिन सकिन्छ । यसका लागि लक्ष्मी बैकका सम्पुर्ण शाखाहरु तथा लक्ष्मी क्यापिटल मार्केटको कार्यालय संकलन केन्द्रको रुपमा नियुक्त गरिएको छ ।
 
योजनाले लगानीको जोखिमलाई न्युन गर्न बजारको अवस्था तथा जोखिम पक्षहरुलाई ध्यानमा राखी लगानीमा उच्च प्रतिफल प्राप्त गर्नको लागि प्रत्येक लगानीको प्रतिफल बिश्लेशण गरी लगानी कर्ताहरुलाई उच्च प्रतिफल दिनेछ । 
 

Tata
GBIME
Nepal Life