दुई जनालाई पछि पार्दै वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको कार्यकारी निर्देशकमा ढकालले पाए जिम्मेवारी

बिजमाण्डू
२०८० बैशाख २० गते १२:१३ | May 3, 2023
दुई जनालाई पछि पार्दै वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको कार्यकारी निर्देशकमा ढकालले पाए जिम्मेवारी

काठमाडौं। सरकारले नवराज ढकाललाई वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको छ। सिफारिसमा परेका तीन जनामध्ये उनको ढकाल छनोटमा परेका हुन्।

Tata
GBIME

मन्त्रिपरिषद्‍को मंगलबारको बैठकले उनलाई ४ वर्षका लागि कार्यकारी निर्देशक बनाउने निर्णय गरेको हो। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले रिक्त रहेको उक्त पदका लागि फागुन १४ गते दरखास्त आह्‍वान गरेको थियो।

जसमा २१ जनाले आवेदन दिएका थिए। आवेदन दिएकाहरुमध्ये योग्यता, अनुभव, व्यवसायिक कार्ययोजनासहितको प्रस्तावको मूल्यांकनका आधारमा तीन जना सिफारिसमा परेका थिए।

ऊर्जा मन्त्रालयको सिफारिसमा ढकाल, डा. सूर्यकुमार सापकोटा र डा. किरण गौतम परेका थिए। सिफारिसमा परेकामध्ये मन्त्रिपरिषद्‍ले ढकाललाई नियुक्त गर्ने निर्णय गरेको हो।

केन्द्रमै निमित्त कार्यकारी निर्देशकका रुपमा कार्यरत ढकाल वैकल्पिक ऊर्जाका क्षेत्रमा अनुभवी मानिन्छन्।