काठमाडौं। फेवा फाइनान्स लिमिटेडले सात करोड ३८ लाख रुपैयाँ सञ्चालन नाफा कमाएको छ। कम्पनीले चालु बर्षको दोस्रो त्रैमास (साउनदेखि पुससम्म) मा ९२ प्रतिशतले नाफा बढाएको हो।
फेवा फाइनान्सले पोखरामा केन्द्रीय कार्यालय रहेको विश्व विकास बैकसँग मर्ज गरी राष्ट्रिय स्तरको विकास बैक बन्ने सहमती पत्रमा हस्ताक्षर गरिसकेको छ। मर्जरपछि बैकको ३० वटा शाखा कार्यालय र १६ वटा आफ्नै एटिएम हुने प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापाले जानकारी दिए।
बैंकको पुस मसान्तसम्म पुँजी कोष १३.५८ प्रतिशत, खराब कर्जा अनुपात ०.२० प्रतिशत र कर्जा निक्षेप अनुपात ७५.५० प्रतिशत रहेको छ। दश जिल्ला कार्यक्षेत्र रहेको











