
काठमाडौं। चैतमा वाणिज्य बैंकहरुको निक्षेप ५४ अर्ब ८७ करोड रुपैयाँ वृद्धि भएको छ। फागुनसम्म ४७ खर्ब ७२ अर्ब रुपैयाँ रहेको निक्षेप चैत अन्त्यसम्म ४८ खर्ब २७ अर्ब रुपैयाँ छ।
चालु आर्थिक वर्ष सुरु भएपछि निक्षेप २ खर्ब ८६ अर्ब रुपैयाँ बढिसकेको छ।
चैतमा बैंकहरुले २८ अर्ब ७६ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन्। चैतसम्म ४३ खर्ब ९ अर्ब रुपैयाँ ऋण दिइसकेका छन्। फागुन मसान्तमा ४२ खर्ब ८० अर्ब रुपैयाँ थियो।
पछिल्लो नौ महिनामा एक खर्ब ३४ अर्ब रुपैयाँ कर्जा लगानी भएको छ।