माइक्रोम्याक्सका १४ वर्ष, दुर्इ अर्व डलरको कारोवार र ३२ अर्वको आइपिओ

बिजमाण्डू
२०७१ पुष २० गते ००:०० | Jan 4, 2015
माइक्रोम्याक्सका १४ वर्ष, दुर्इ अर्व डलरको कारोवार र ३२ अर्वको आइपिओ


सन् २००० मा भारतमा एउटा कम्पनी सुरु भयो, माइक्रोम्याक्स इन्फर्मेटिक्स । चार साझेदारले सुरु गरेको यो कम्पनीले सन् २००८ मा मोवाइल सेट उत्पादनमा हात हाल्यो र ब्राण्ड नाम राख्यो, 'माइक्रोम्याक्स' । स्थापनाको १४ वर्ष, तिव्र बजार विस्तारको छ वर्षमा त्यही माइक्रोम्याक्सले भारतमा अहिले मोवाइलमा ग्लोबल लिडर सामसङलार्इ चुनौती दिंदैछ ।

Tata
GBIME
NLIC

माइक्रोम्याक्सले ब्राजिल र फिलिपिन्स जस्ता तिव्र विस्तार भैरहेका अर्थतन्त्रमा आफ्नो जमिन तयार गर्दैछ । वार्षिक दुर्इ अर्व डलरको कारोवार गर्ने त्यही माइक्रोम्याक्स अब भारतमा ५० करोड डलरक झण्डै ३२ अर्व भारुको आइपिओ निकाल्दैछ ।

 

भारतको प्रमुख मोवाइल उत्पादक माइक्रोम्याक्स इन्फर्मेटिक्सले साधारण सयर निष्काशन प्रक्रिया अगाडि बढाउने भएको छ। माइक्रोम्याक्सले ५० करोड डलर अर्थात ३१ अर्ब ७० करोड भारतीय रुपैयाँ बराबरको साधारण सेयर निश्काषन गर्ने प्रक्रिया अगाडि बढाउन लागेको हो। कम्पनीले अप्रिलबाट सुरु हुने नयाँ आर्थिक वर्षमा साधारण सेयर निष्काषनको तयारी अगाडि बढाएको एब बैंकरले बताए।

भारतमा सामसुङको प्रमुख प्रतिद्वन्द्वि कम्पनी माइक्रोम्याक्स इन्फर्मेटिक्सले यो प्रक्रियाका लागि मोर्गन स्टेन्ले तथा गोल्डम्यान साचलाई शर्टलिष्टेड गरीसकेको यो प्रक्रियासँग निकट रहेका अधिकारीहरुलाई उधृत गर्दै भातरीय संचारमाध्यमले जनाएका छन्।

माइक्रोम्याक्सले यसका लागि विभिन्न बैंकरहरुसँग पहिलो चरणको छलफलसमेत गरिसकेको जनाइएको छ। यो प्रक्रियासँग निकट रहेका कम्पनीसम्बद्ध उच्च अधिकारीका अनुसार केही बैंकरहरुले गोप्य लिखित प्रस्ताव पेश गरेका छन्। तर यसलाई माइक्रोम्याक्सले आधिकारिक रुपमा सार्वजनिक भने गरिसकेको छैन।

गएको वर्षको मार्चमा कम्पनीका चार लगानीकर्ता मध्येका एक विकास जैनले कम्पनीले छिट्टै नै 'पब्लिक अफरिङ प्लान' ल्याउन लागेको बताएका थिए।

'हामी कम्पनीको नीति अनुसार अगाडि बढ्नेछौं, बजारको अवस्थाबारे हामी अहिले नै प्रतिक्रिया दिन चाँदैनौं,' माइक्रोम्याक्सका प्रवक्ताले भनेका छन्, 'हामी अहिले बजारको विश्लेषण वा त्यसबारे प्रतिक्रिया दिने भन्दा पनि प्रतिबद्धता अनुसारकै काम गर्नेछौं।' यसबारे मोर्गन स्टेन्ले तथा गोल्डमेन साचको भने आधिकारि भनाइ सार्वजनिक भइसकेको छैन।

पुँजी बजारमा गएको वर्ष २०१४ मा निकै उतारचढाव देखियो। गत वर्ष बजार पुँजीकरण १२ अर्ब भारुले मात्रै बढ्यो। भारतीय पुँजी बजार विश्लेषकहरुले यो वर्ष बजारमा ठुलो मात्रामा लगानी थपिने विश्वास व्यक्त गरेका छन्।

केजरीवाल रिसर्च एन्ड इन्भेष्टमेन्ट सर्भिसेसका संस्थापक अरुण केजरीवालले गएको १० वर्षमा २५ अर्ब अमेरिकी डलर बजारमा थपिएको बताए। यद्यपि धेरै निजी इक्विटी फन्डहरु भने बन्द हुने अवस्थामा पुगेको उनले बताए।

गएको तीन वर्ष यता बजारमा ठुला लगानी बढ्न नसकेको भन्दै उनले बजारमा सुधार ल्याउन पनि 'सिरयस' फन्ड ल्याउनुपर्ने आवस्यकता रहेको बताए। उनले बजारमा ठुलो फन्ड वृद्धि 'निषेध' जस्तै भएकाले पनि यस्ता ठुला लगानी आउनुपर्नेमा जोड दिए। लगानीको वातावरण सिर्जना भएको सकारात्मक सन्देश दिन पनि यस्ता फन्ड आउन जरुरी भएको उनको भनाइ छ।

२०१४ मा बिएसई सेन्सेक्स ३० प्रतिशतले ओरालो लागेपनि भारतीय जनता पार्टीको नेतृत्वमा केन्द्रीय सरकार भएकाले भारतीय अर्थतन्त्र र बजारको अवस्था सुध्रिन सक्नेमा भने लगानीकर्ता आशावादी रहेको बजार विश्लेषकहरुले बताएका छन्।

गएको मे मा बनेको प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारको लोकसभामा बलियो बहुमत भएकाले यसले पनि लगानीकर्तको मनोबल बढ्ने आशा गर्न सकिने उनीहरुको भनाइ छ।

विश्वव्यापी स्मार्टफोन बजारमा माइक्रोम्याक्सको २.२ प्रतिशत हिस्सा छ। माइक्रोम्याक्स भन्दा अगाडि एप्पल, सामसुङ तथा चिनियाँ कम्पनी सिओमी छन्। भारतमा सामसुङले लिएको ठुलो बजार हिस्सा माइक्रोम्याक्सले पछ्याइरहेको छ। सामसुङले भारतमा संचालन नाफा मात्रै १४ गुणाले बढाएको छ।

वार्षिक १० अर्ब डलरको व्यापार
कम्पनीले २०११ यता आफ्नो बजार विस्तारलाई तिव्रता दिएको छ। अहिले भारतमा यसको बजार हिस्सा दोस्रो स्थानमा रहेको छ। अहिले कम्पनीले आफ्नो आम्दानी पनि पाँच गुणाले बढाइसकेको छ।

अहिले कम्पनीको कूल आम्दानी १० अर्ब डलर पुगेको छ। माइक्रोम्याक्सका मोवाइल सेटको व्यापार मासिक ३० लाख वटा हुने गरेको छ। यी मध्ये ४५ प्रतिशत स्मार्टफोन रहेको कम्पनीले जनाएको छ। माइक्रोम्याक्सले अहिले भारतसहित भारत बाहिर पनि आफ्नो हिस्सा बढाइसकेको छ।

२००० बाट सुरु, अहिले संसारकै १०औं
माइक्रोम्याक्सको सुरुवात सन् २००० बाट भएको हो। यसो सुरुवात राजेश अग्रवाल, राहुल शर्मा, सुमित कुमार तथा जैनले मिलेर गरेका हुन्। यो कम्पनीले सन् २००८ बाट मोवाइल फोनको व्यापार सुरु गरेको थियो। कम्पनीले आर्थिक वर्ष २०१५ मा दुई अर्ब डलर आम्दानी गर्ने प्रक्षेपण गरेको छ। यो आम्दानी अघिल्लो वर्षको तुलनामा दुई गुणा बढि हो।

माइक्रोम्याक्स कम्पनीले मोवाइल उत्पादनमा अहिले संसारकै १० औं स्थानमा रहेको दावी गरेको छ। कम्पनीले आफ्नो वेवसाइटमा पछिल्लो एक दशकमा भारतमा प्रविधिमा भएको 'प्रजातान्त्रिकरण'सँगै नयाँ नयाँ उत्पादन ल्याउन सफल भएको जनाएको छ। कम्पनीले भारतमा पनि आफ्नो हिस्सा दोस्रो भएको वेवसाइटमार्फत नै उल्लेख गरेको छ।

माइक्रोम्याक्समा मुख्य लगानी भारतीय प्राइभेट इक्विटी लगानीकर्ताकै छ। यसमा टिए एसोसिएसनको १५ प्रतिशत सेयर स्वामित्व छ। यस्तै सेकुवइ क्यापिटल तथा स्यान्डस्टोन क्यापिटलको समान २.८ प्रतिशत, म्याडिसन इन्डिया क्यापिटलको ०.४ प्रतिशत तथा मुख्य प्रवर्द्धकको ८० प्रतिशतको हाराहारीमा स्वामित्व छ।
माइक्रोम्याक्सको मुख्य प्रतिस्पर्धि भनेको चिनियाँ कम्पनी सिओमी हो।

सिओमीले केही अघि मात्रै एक अर्ब डलर लगानी थप्दै कूल लगानी ४५ अर्ब डलर पुर्‍याएको छ। सिओमीले २०१४ को पहिलो ६ महिनामा मात्रै २ करोड ६० लाख वटा स्मार्टफोनको व्यापार गरेको छ। यसले वार्षिक १२ अर्ब डलर भन्दा धेरै आम्दानी गर्छ।

यस्तै माइक्रोम्याक्सले भारतीय कम्पनीहरुसँग पनि प्रतिस्पर्धा गरिरहेको छ। यद्यपि भारतीय लोकल कम्पनीहरु लाभा, कार्बोन, स्पाइस तथा इन्टेक्सको तुलनामा कम्पनीको बजार हिस्सा राम्रो रहेको अनुसन्धानकर्ताहरुले बताएका छन्। विश्वव्यापी रुपमा भने माइक्रोम्याक्स भन्दा अगाडि प्रमुख उत्पादकहरु एप्पल, सामसुङ, मोटोरोला, सोनी तथा सिओमी छ।