मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न आज सत्ता गठबन्धनको बैठक, अर्थमन्त्री खड्का कि महत?

बिजमाण्डू
२०७९ चैत्र १४ गते ०८:५९ | Mar 28, 2023
मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न आज सत्ता गठबन्धनको बैठक, अर्थमन्त्री खड्का कि महत?


काठमाडौं। सत्ता गठबन्धनअन्तर्गत १० दलको बैठक आज बस्दै छ। बैठक आज अपराह्न ४ बजेको लागि तय भएको बताइएको छ।

Tata
GBIME
NLIC

आजै, सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक पनि बस्दैछ। एकीकृत समाजवादीको सचिवालय बैठक बिहान ११ बजे बस्ने तय भएको छ।

दुवै बैठक मन्त्रिपरिषद् विस्तारका लागि बस्न लागेको बताइएको छ। सोमवारको नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादी अध्यक्ष माधव कुमार नेपालको छलफलले गठबन्धनको आज अपराह्न ४ बजे बस्ने बैठक तय गरेको थियो।

नेपाल कांग्रेसले पूर्णबहादुर खड्काको नेतृत्वमा सात सांसदलाई सरकारमा पठाउँदैछ। अर्थमन्त्रालय दावी गरिरहेको कांग्रेसले कसलाई दिने निर्णय गरिसकेको छैन।

खड्का उपप्रधानमन्त्रीसहित अर्थ दावी गरिरहेका छन् डा. प्रकाशशरण महतले पनि अर्थमन्त्रालय दावी गरिरहेका छन्।