नेशनल माइक्रोफाइनान्सको २१ हजार कित्ता सेयर बिक्रीमा, न्यूनतम मूल्य ११ सय १५ रुपैयाँ

बिजमाण्डू
२०७९ चैत्र १२ गते ११:०० | Mar 26, 2023
नेशनल माइक्रोफाइनान्सको २१ हजार कित्ता सेयर बिक्रीमा, न्यूनतम मूल्य ११ सय १५ रुपैयाँ

काठमाडौं। नेशनल माइक्रोफाइनान्स लघुवित्तको संस्थापक सेयर बिक्रीमा आएको छ। लघुवित्तका संस्थापक सेयरधनीले आफ्नो २१ हजार २ सय ५५ कित्ता सेयर बिक्री गर्दै छन्।

Tata
GBIME

उनीहरुले सेयरको न्यूनतम मूल्य १ हजार १ सय १५ रुपैयाँ तोकेका छन्।

सेयरका खरिदका लागि सर्वसाधारणले पनि आवेदन दिन सक्नेछन्। खरिद गर्न इच्छुकले १५ दिनभित्र आवेदन दिन सक्ने लघुवित्तले जनाएको छ। 

पहिलो प्राथमिकता संस्थापकहरुलाई नै दिइए पनि तोकिएको म्यादसम्म उनीहरुबाट कुनै खरिद निवेदन नआएका कारण लघुवित्तले सर्वसाधारणलाई पनि बिक्री आह्‍वान गरेको छ।

आवेदन फाराम लघुवित्तको केन्द्रीय कार्यालय धादिङबाट प्राप्त गर्न तथा बुझाउन सकिन्छ। तोकेको म्यादभित्र इच्छुकले खरिद गर्न चाहेको कित्ता संख्या र आशय मूल्यसहित विवेदन बुझाउनु पर्नेछ।