गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालयले निर्माण व्यवसायीसँग ठेक्का तोड्दै

बिजमाण्डू
२०७९ चैत्र ३ गते ०९:५९ | Mar 17, 2023
गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालयले निर्माण व्यवसायीसँग ठेक्का तोड्दै


काठमाडौं। गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालयले निर्माण व्यवसायीसँग स्पष्टीकरण मागेको छ।शुक्रबार मन्त्रालयले एक सूचना जारी गर्दै विभिन्न आयोजनामा काम नगर्ने निर्माण व्यवसायीसँग स्पष्टीकरण मागेको हो।

Tata
GBIME
NLIC

मन्त्रालयले पूर्वाधार विकास कार्यालय कावासोती र शंकर माली निर्माण सेवा काठमाडौंबीच सडकको निर्माण कार्य गर्ने गरि सम्झौता भएको र विभिन्न मितिमा म्याद थप गर्दा पनि काम सम्पन्न गर्न नसकेको जनाएको छ।

पटक-पटक पत्राचार र सरोकारवालाहरुसँग माइन्युट गर्दा पनि निर्माण व्यवसायीबाट कार्यप्रगति धेरै नै न्यून रहेकाले सन्तोषजनक नपाइएको भन्दै मन्त्रालय ठेक्का तोड्ने अवस्था पुगेको छ।

ठेक्का सम्झौताको सर्त र सार्वजनिक खरिद ऐन तथा सार्वजनिक खरिद नियमावली अनुसार सम्झौताको सर्तबमोजिम ठेक्का खारेज गरी कालोसूचीमा राख्‍ने सम्बन्धी कारबाही किन अगाडि नबढाउने ? बारेमा स्पष्टीकरण पेस गर्न माग गरिएको हो।

सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र स्वयम् कार्यालयमा उपस्थित भएर स्पष्टीकरण पेस गर्न मन्त्रालयले निर्माण व्यवसायीलाई सूचित गराएको छ। स्पष्टीकरण तोकेको म्यादभित्र प्राप्त नभएमा तथा चित्तबुझ्दो नभएको खण्डमा नियम अनुसार ठेक्का खारेज गरि कालोसूचीमा राख्‍ने सम्बन्धी कारबाही अगाडि बढ्ने मन्त्रालयले जनाएको छ।